शनिबार, असार २७, २०८३

महिला लिगमा चन्द्रपुरलाई हराउँदै वालिङको सुखद् अन्त्य

जारी महिला फुटबल लिगमा वालिङ नगरपालिकाले सुखद् अन्त्य गरेको छ।
 |  बिहीबार, फागुन ६, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, फागुन ६, २०७७

काडमाडौं– जारी महिला फुटबल लिगमा वालिङ नगरपालिकाले सुखद् अन्त्य गरेको छ।

सातादोबाटोस्थित एन्फाको मैदानमा सम्पन्न खेलमा वालिङले चन्द्रपुरलाई ३–० गोलले हराएको हो।

खेलको १७ औं मिनेटमा हिमा रावतले गोल गर्दै वालिङलाई अग्रता दिलाएकी थिइन्। त्यस्तै मेथू रुथले पहिलो गोलको दुई मिनेटपछि गोल गर्दै अग्रतालाई दोव्बर बनाएकी थिइन्।

त्यस्तै, हातको चोटका कारण लामो समय रेस्टमा रहेकी अमिशा कार्कीले ५४ औं मिनेटमा गोल गर्दै प्लेयर अफ दि म्याच समेत बनिन्।

यससँगै वालिङले अन्तिम (१२ औंं) खेलसम्म पाँच जित र दुई बराबरी खेल्दै १७ अंक बनाएर तेस्रो स्थानमा उलिएको छ।

तर एक खेल कम खेलेको पुलिसले भोलिको खेलमा जित निकाले वालिङ चौथो स्थानमा झर्नेछ।

वालिङका प्रशिक्षक दिलिप थापाले आशाअनुसार लिग समाप्ति नभएको बताएका छन्। ‘हामी शीर्ष वा दोस्रो स्थान प्राप्त गर्ने हिसाबमा थियौँ। तर दुर्भाग्यवश त्यो हुन सकेन,’ प्रशिक्षक थापाले भने।

प्रकाशित: Feb 18, 2021| 12:07 बिहीबार, फागुन ६, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।