शनिबार, असार २७, २०८३

आईपीएल इतिहासकै महँगा खेलाडी बने क्रिस मोरिस

आईपीएलमा सबैभन्दा महंगो खेलाडीका रुपमा दक्षिण अफ्रिकी क्रिकेटर क्रिस मोरिसलाई राजस्थान रोयल्सले खरिद गरेको छ।
 |  बिहीबार, फागुन ६, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, फागुन ६, २०७७

एजेन्सी- आईपीएलमा सबैभन्दा महंगो खेलाडीका रुपमा दक्षिण अफ्रिकी क्रिकेटर क्रिस मोरिसलाई राजस्थान रोयल्सले खरिद गरेको छ।

आज (बिहीबार) भएको अक्सनमा उनलाई राजस्थानले १६ करोड २५ लाख भारतीय रुपैयाँ खर्च गरेको छ।

मोरिसले युवराज सिंहको रेकर्ड तोडेका छन्। युवराज यसअघि १६ करोडमा बिक्रि भएका थिए।

अस्ट्रेलियाका ब्याट्समेन ग्लेन म्याक्सवेल पनि निकै महंगो मूल्यमा बिक्रि भएका छन्। उनलाई रोयल च्यालेन्जर्स बैंगलोरले १४ करोड २५ लाख भारतीय रुपैयाँमा खरिद गरेको छ। उनका लागि चेन्नई सुपरकिंग्स र बैंग्लोर भिडेका थिए।

इङ्ल्याण्डका अलराउण्डर मोइन अलीलाई चेन्नई सुपरकिंग्सले ७ करोड भारतीय रुपैयाँमा किनेको छ। उनको बेसिक मूल्य २ करोड थियो। उनलाई यसै वर्ष रोयल च्यालेन्जर्स बैंग्लोरले रिलिज गरेको थियो।
 

प्रकाशित: Feb 18, 2021| 10:47 बिहीबार, फागुन ६, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।