शनिबार, असार २७, २०८३

ओसाकाले तोडिन् सेरेनाको कीर्तिमान बराबरी गर्ने सपना

महिलातर्फ पहिलो सेमिफाइनल खेलमा जित निकाल्दै नाओमी ओसाका जारी अष्ट्रेलियन ओपनको फाइनलमा प्रवेश गरेकी छन्।
 |  बिहीबार, फागुन ६, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, फागुन ६, २०७७

काठमाडौं- महिलातर्फ पहिलो सेमिफाइनल खेलमा जित निकाल्दै नाओमी ओसाका जारी अष्ट्रेलियन ओपनको फाइनलमा प्रवेश गरेकी छन्।

११ औं वरियताकी सेरेना विलियम्सलाई तेस्रो वरियताकी नोआमी ओसाकाले ६–३ र ६–४ को सेटमा पराजित गर्दै फाइनलको यात्रा तय गरकी हुन्।

अब ओसाकाले शनिबार हुने फाइनलमा जेनिफिर ब्राडी र केरोलिना मुहोबको विजेतासँग प्रतिस्पर्धा गर्नेछिन्।

प्रतिस्पर्धात्मक सेमिफाइनलमा तीन पटककी ग्राडस्लम विजेताले सुरुआतमै दबाब बनाउँदै जित निकालिन्। यससँगै उनले लगातार २० खेलमा अपराजित यात्रा कायम गरेकी छन्।

‘म धेरै भावुक र सुरुमा भयवित भएकी थिएँ। यद्यपी मैले खेललाई निरन्तरता दिएँ’, ओसाकाले जितपछि भनिन्, ‘सेरेनासँग खेल्न पाउँदा गर्भ लाग्छ। तर त्यसो भन्दैमा प्रतियोगिताको नियम तोड्नु पनि भएन र मैल मेरो उत्कृष्ट खेल देखाउनुपर्छ।’

यता अष्ट्रेलियन ओपनको १८ वर्षे यात्रामा सेरेना सेमिफाइनलमा पहिलोपटक पराजित भएकी हुन्।

यो पराजयसँग उनी मार्गरेट कोर्टको कीर्तिमानीसँग बराबरी गर्न पुनः एकपटक चुकेकी छन्। 

सेरेनाले २३ ग्राण्डस्लम जितेकी छन् भने कोर्टले २४ ग्राण्डस्ल जितेको रेकर्ड बनाएकी छन्।

अब उनले उक्त कीर्तिमानीसँग बराबरी गर्न एक ग्राण्डस्लमको उपाधि पर्खनुपर्ने छ।
 

प्रकाशित: Feb 18, 2021| 06:24 बिहीबार, फागुन ६, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।