आइतबार, चैत १, २०८२

आईपीएलको अक्सन आज : नेपालबाट सन्दीपमात्र सहभागी

 विश्वकै सर्वाधिक महँगो क्रिकेट फ्रेन्चाइजका रुपमा स्थापित इन्डियन प्रिमियर लिगको मिनी अक्सन आज हुँदैछ।
 |  बिहीबार, फागुन ६, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, फागुन ६, २०७७

काठमाडौं- विश्वकै सर्वाधिक महँगो क्रिकेट फ्रेन्चाइजका रुपमा स्थापित इन्डियन प्रिमियर लिगको मिनी अक्सन आज हुँदैछ।

National life

इन्डियाको चेन्नईमा हुने अक्सनमा नेपाली राष्ट्रिय टिमका लेग स्पिनर सन्दीप लामिछाने पनि सहभागी छन्।

पछिल्लो तीन सिजन दिल्ली क्यापिटल (पहिले दिल्ली डेयरडेभिल)बाट आईपीएल खेलेका सन्दिपलाई पछिल्लो लिगपछि क्लबले रिलिज गरेको थियो।

क्लबले रिलिज गरेपछि सन्दिप क्याप्ड खेलाडीका रुपमा अक्सनमा गएका हुन्। आज हुने अक्सनका लागि एसोसिएट राष्ट्रबाट सन्दिपबाहेक अन्य दुई खेलाडी मात्र सहभागी छन्।

उसो त अक्सनका लागि नेपालकै आठ खेलाडीले नेपाल क्रिकेट संघ (क्यान)मार्फत् आवेदन दिएका थिए। तर अक्सनका लागि सन्दिप मात्र छानिएका हुन्।

Laxmi sunrise bank
kumari

इन्डियन क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई)लाई प्राप्त एक हजार ९७ आवेदनबाट छानेर उसले दुई सय ९२ खेलाडीलाई अक्सनमा लग्ने बताइसकेको छ।

भिभोले प्रायोजन गरेको टी–२० लिगका अनुसार आजको अक्सनमा १६४ इन्डियन र १२५ ओभरसिज खेलाडी सहभागी हुनेछन्।

आजको अक्सनमा २२ विदेशी खेलाडीसहित ६१ खेलाडी छानिने सम्भावना छ।  आईपीएल आयोजकले ०२२ सिजनका लागि लिगमा सहभागीको टिम आठबाट बढाएर १० बनाउने भएको छ।

२०२२ को सिजन अघि ठूलो अक्सन हुनेछ।

तर अहिलेको अवस्थामा आईपीएलको किंग्स इलेवेन पञ्जाबले ५ ओभरसिज खेलाडी लिन बाँकी रहँदा सन्दीपलाई लिएर नेपाली क्रिकेट समर्थकको ध्यान त्यता गएको छ। उसले खेलाडीमाथि ५३ करोड खर्च गर्न बाँकी छ।

त्यस्तै, चार विदेशी कोटा खाली रहेको मुम्बईले पनि १५ करोडभन्दा धेरै खर्च गर्न पाउनेछ।

प्रकाशित: Feb 18, 2021| 04:23 बिहीबार, फागुन ६, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।