शनिबार, असार २७, २०८३

वालिङ र चन्द्रपुरको अन्तिम लडाइँ

महिला फुटबल लिगमा हिजो (बुधबार)बाट अन्तिम चरणका खेल सुरु भएका छन्।
 |  बिहीबार, फागुन ६, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, फागुन ६, २०७७

काठमाडौं- महिला फुटबल लिगमा हिजो (बुधबार)बाट अन्तिम चरणका खेल सुरु भएका छन्।

अन्तिम चरणको खेल अन्तर्गत आज वालिङ नगरपालिका स्याङजा र चन्द्रपुर नगरपालिका रौतहट भिड्दैछन्।

आजको खेलबाट जित वा हारले चन्द्रपुरको स्थान बदलिने छैन। त्यसकारण उसका लागि आजको खेल केवल एक खेलका रुपमा मात्र रहने छ।

तर वालिङलाई भने अन्तिममा स्थान सुधार गर्ने अवसर छ। वालिङ अहिले १४ अंकका साथ पाँचौ स्थानमा छ। 

पछिल्लो खेलमा विराटनगरसँग हार बेहोरेपछि उसले तेस्रो स्थान सुरक्षित गर्ने मौका गुमाएको थियो।

त्यसैले आजको खेलमा जित निकाल्दै उसलाई तेस्रो स्थान सुरक्षित गर्ने मौका हुनेछ।

अंकतालिामा अहिले तेस्रो स्थानमा रहेको विराटनगरको १६ अंक छ भने चौथो स्थानमा रहेको पुलिसको १५ अंक छ।

आजको खेलमा जित निकाले वालिङको १७ अंक हुनेछ। यसकारण तेस्रो स्थानमा रहँदै वालिङ लिगको सफलतापूर्वक अन्त्य गर्न चहन्छ।

लिगअन्तर्गत पहिलो लेगको खेलमा पनि वालिङले ३–० गोलको जित निकालेको थियो। उक्त खेलमा वालिङका विदेशी खेलाडी मेथू रुथले डबल र टोउटा नोल्लेले एक गोल गरेकी थिइन्।

विराटनगरले अन्तिम खेल खेलिसकेको छ भने बाँकी टिमको अन्तिम खेल आजबाट हुनेछ।
 

प्रकाशित: Feb 18, 2021| 03:39 बिहीबार, फागुन ६, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।