शनिबार, असार २७, २०८३

सिटीलाई शीर्षस्थानमा १० अंकको अग्रता

 इंग्लिस प्रिमियर लिग (ईपीएल) अन्तर्गत बुधबार राति सम्पन्न खेलमा जित निकाल्दै म्यानचेस्टर सिटीले शीर्षस्थानमा १० अंकको अग्रता बनाएको छ।
 |  बिहीबार, फागुन ६, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, फागुन ६, २०७७

काठमाडौं–  इंग्लिस प्रिमियर लिग (ईपीएल) अन्तर्गत बुधबार राति सम्पन्न खेलमा जित निकाल्दै म्यानचेस्टर सिटीले शीर्षस्थानमा १० अंकको अग्रता बनाएको छ।

एभर्टनको गुडिसन पार्कमा घरेलु टिमलाई ३–१ गोलले हराउँदै सिटीले शीर्षस्थानमा अंकदुरी बढाएको हो।

एभर्टनविरुद्ध जितका लागि फिल फोडेन, रियाद महरेज र बर्नान्डो सिल्वाले समान १–१ गोल गरे।

खेलको ३२ औं मिनेटमा गोल गर्दै फोडेनले सिटीलाई अग्रता दिलाए पनि एभर्टनका रिकार्लिसनले ३७ औं मिनेटमा गोल गर्दै खेललाई बराबरी बनाएका थिए।

पहिलो हाफको अन्तिम समयसम्म सोही बराबरी कायम रह्यो। तर खेलको ६३ औं मिनेटमा सिल्वाले दिएको पासलाई महरेजले गोलपोस्टमा छिराएपछि सिटीले अग्रता बनाएको हो।

उक्त अग्रतालाई सिल्वाले अघि बढाउने काम गरे। ग्याब्रियल जिससले दिएको पासलाई उनले ७७ औं मिनेटमा गोलमा बदलेपछि खेलको नजिता ३–१ भएको हो।

एभर्टनविरुद्धको जितसँगै म्यान्चेस्टर सिटीले शीर्षस्थानमा ५६ अंक बनाएको छ। सिटीलाई पछ्याउँदै गरेको युनाइटेडले भने समान २४ खेलबाट ४६ अंक जोडेको छ।

तेस्रो स्थानको लेस्टर र चौथो स्थानको चेल्सीको क्रमशः ४६ र ४२ अंक छ। गएरातिको हारपछि सातौं स्थानमा रहेको एभर्टनका प्रशिक्षक कार्लो एन्सोलोटीले म्यानचेस्टर सिटी पछिल्ला चार सिजनमा तेस्रो उपाधितर्फ अघि बढिसकेको बताएका छन्।

गत सिजन लिभरपुलले उपाधि जित्नुअघि लगातार दुई वर्ष पेप ग्वार्डिओलाको टिम सिटीले उपाधि जितेको थियो।

‘उनीहरुसँग गुणस्तर, क्षमता, शक्ति र विश्वास छ। यसकारण उनीहरुविरुद्ध जित निकाल्न गाह्रो छ,’ हारपछि एन्सोलोटीले भने, ‘मलाई लाग्छ, अब लिगविजेता बन्न अन्य टिमलाई धेरै कठिन छ।’

१० अंकको लिड भए पनि सिटीका प्रशिक्षक ग्वार्डिओलाले आफू र खेलाडीले अंकलाई ध्यान नदिएको बताए। उनले भने, ‘टिमले अंकतालिकको बारेमा सोचेको मलाई थाहा छैन। प्रतिस्पर्धाका लागि अझै ४२ अंक बाँकी नै छ। हामी फेब्रुअरीको बीचमा छौं अब केही समय रेस्ट गर्नेछौं। त्यसपछि धेरै खेल बाँकी हुनेछन्।’
 

प्रकाशित: Feb 18, 2021| 03:05 बिहीबार, फागुन ६, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।