शनिबार, असार २७, २०८३

हाल्यान्डको गोलमा डर्टमन्डलाई २४ वर्षपछि सफलता

च्याम्पियन्स लिग अन्तर्गत अन्तिम १६ को पहिलो लेगमा जर्मन क्लब बोरुसिया डर्टमन्डले संघर्षपूर्ण जित निकालेको छ।
 |  बिहीबार, फागुन ६, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, फागुन ६, २०७७

काठमाडौं- च्याम्पियन्स लिग अन्तर्गत अन्तिम १६ को पहिलो लेगमा जर्मन क्लब बोरुसिया डर्टमन्डले संघर्षपूर्ण जित निकालेको छ।

स्पेनिस क्लबस सेभियाको रामोन सान्चेज पिज्जुअन रंगशालामा सम्पन्न खेलमा डर्टमन्डले घरेलु टिमलाई ३–२ गोलले हराएको हो।

डर्टमन्डको जितका लागि नर्वेजियन युवा रुट्राइकर इर्लिङ ब्रुट हाल्यान्डले दोहोरो गोल गरेका थिए।

उनले खेलको २७ औं र ४३ औं मिनेटमा गोल गर्दै डर्टमन्डलाई जित दिलाएका हुन।

घरेलु टिमसँग एक गोलले पछि परेको अवस्थामा डर्टमन्डका ममौड डहुडले गोल गर्दै टिमलाई ‘रेस्क्यू’ गरेका थिए। उनले खेलको १९ औं मिनेटमा गोल गर्दै खेललाई १–१ को बराबरीमा ल्याए।

यता सेभियाका सुसोले खेलको सातौं मिनेटमै गोल गर्दै अग्रतालाई आफ्नो पक्षमा पारे पनि जित निकाल्न सकेनन्।

१९ औंमिनेटमा हाल्यान्डको पासलाई डहुडले, २७ औं मिनेटमा जाडन सान्चोको पासलाई हाल्यान्डले र ४३ औं मिनेटमा मार्कस रिउसको पासलाई पनि हाल्यान्डले गोलमा परिणत गरेपछि पहिलो हाफको नजिता ३–१ भएको थियो।

तर दोस्रो हाफमा डर्टमन्डले गोल गर्न सकेन्। बरु सेभियाका लुके डि जोङले गोल गर्दै स्पेनिस क्लबलाई खेलमा फर्काउन चाहे। 

तर उनको गोल जितका लागि पर्याप्त बनेन र पहिलो लेगको खेलबाट डर्टमन्ड विजयी भयो।

डर्टमन्डले स्पेनिस प्रतिद्वन्द्वीसँगको ‘क्लाश’मा दोस्रो पटक जित निकलेको हो। यसले यसअघि १९९६–९७ मा एट्लेटिको मड्रिडलाई हराएको थियो। त्यसको २४ वर्षपछि उसले पुनः एकपटक स्पेनिस क्लबलाई हराएको छ।

उसले एट्लेटिकोलाई हराएको वर्ष च्याम्पियनस लिगको उपाधि पनि जितेको थियो। तर त्यसपछि ऊ युरोपियन च्याम्पियन भएको छैन। 

यता समेभियाले अहिलेसम्म च्याम्पियन्स लिगको उपाधि जितेको छैन्। हाल्यान्डले च्याम्पिन्स लिगका १३ खेलमा १७ गोल गरेका छन्।
 

प्रकाशित: Feb 18, 2021| 02:33 बिहीबार, फागुन ६, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।