शनिबार, असार २७, २०८३

युभेन्टसविरुद्ध पोर्टोलाई इतिहासकै पहिलो सफलता

दुवै हाफको पहिलो मिनेटमा गोल गरेपछि बुधबार राति सम्पन्न च्याम्पियन्स लिगको खेलमा पोर्टोले पहिलोपटक युभेन्टसलाई हराएको छ।
 |  बिहीबार, फागुन ६, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, फागुन ६, २०७७

काठमाडौं- दुवै हाफको पहिलो मिनेटमा गोल गरेपछि बुधबार राति सम्पन्न च्याम्पियन्स लिगको खेलमा पोर्टोले पहिलोपटक युभेन्टसलाई हराएको छ।

लिग अन्तर्गत पार्चुगिज क्लब पोर्टोको मैदानमा सम्पन्न खेलमा इटालियन पाहुना युभेन्टसले २–१ गोलअन्तरको हार बेहोरेको हो।

युभेन्टसका गोलकिपर वोइच स्ट्रेन्सने र मिडफिल्डर रोड्रिगो बेटान्कुरबीचको पास नमिल्दा उसले पहिलो मिनेटमै गोलको सामना गर्नुपरेको थियो। 

जहाँ गोलकिपर स्ट्रेन्सनेले गोल क्लियर गर्ने क्रममा गल्ती गर्न पुग्दा पोर्टोका मेहेदी तारेमीले गोल गरेका थिए।

यससँगै पाहुना टिम पहिलो मिनेटमै दबाबमा आएको थियो। त्यसपछि खेल अझ प्रतिस्पर्धात्मक बने पनि स्कोर निस्कन नसक्दा पहिलो हाफमा युभेन्टस एक गोलले पछि रह्यो।

दोस्रो हाफमा पनि युभेन्टसले सम्झनलायल खेल देखाउन सकेन। बरु पहिलो मिनेटमै मानफा जान्चोले दिएको पासलाई सदुपयोग गर्दै मोउसा मरेगाले गोल गरेपछि युभेन्टस दुई गोलले पछि पर्यो।

तर खेलको ८२ औं मिनेटमा फेडेरिको चिइसाले गोल गरेपछि भने युभेन्टस खेलमा फर्किएको थियो। तर अर्को स्कोर बन्न नसेपछि उसले पहिलो लेगको खेल २–१ गोलअन्तरले पोर्टोलाई सुम्पिएको हो।

पोर्टोले युरोपियन च्याम्पियनसिपमा यसअघि कहिल्यै हराएको थिएन्। पछिल्ला पाँच खेलमा उसले युभेन्टससँग एक बराबरी र चार हार बेहोरेको थियो।

त्यस्तै पछिल्ला १० नकआउट खेलमा उसले दोस्रो सफलता हात पारेको हो। गएरातिको खेलअघिका नौ खेलमा उसले सात हार बेहोरेको थियो।

यता युभेन्टसले च्याम्पियन्स लिगका पछिल्ला चार खेलमध्ये तीन खेलमा हार बेहोरेको छ।

यी दुई क्लबबीच रिटर्न लेगको खेल आगामी मार्च १० मा हुनेछ।
 

प्रकाशित: Feb 18, 2021| 02:13 बिहीबार, फागुन ६, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।