शनिबार, असार २७, २०८३

महिला लिग : पुलिससँगको बराबरीसँगै आर्मीको उपाधि दौड समाप्त

राष्ट्रिय महिला लिग फुटबलअन्तर्गत आज सम्पन्न ११ औं चरणको अन्तिम खेलमा विभागीय डर्बीसँग नेपाल पुलिस क्लबले बराबरी खेलेको छ।
 |  बुधबार, फागुन ५, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, फागुन ५, २०७७

काठमाडौं- राष्ट्रिय महिला लिग फुटबलअन्तर्गत आज सम्पन्न ११ औं चरणको अन्तिम खेलमा विभागीय डर्बीसँग नेपाल पुलिस क्लबले बराबरी खेलेको छ।

सातदोबाटोस्थित एन्फाको मैदानमा सम्पन्न खेलमा पुलिसले आर्मीसँग १–१ बराबरी खेलेसँगै आमीको उपाधि यात्रा पनि समाप्त भएको हो।

१६ औं मिनेटमा गोल गर्दै अमृता जैसीले अर्मीविरुद्ध सुरुवाती अग्रता बनाएकी थिइन्। प्रतिस्पर्धात्क खेलमा जैसीको गोलपछि अन्य गोल सम्भव नहुँदा पहिलो हाफमा आर्मी एक गोलले पछि परेको थियो।

तर खेलको ५३ औं मिनेटमा आर्मीकी रश्मी घिसिङले गोल गर्दै प्रतिस्पर्धालाई बराबरीमा ल्याइन्।

त्यसपछि आक्रामक बनेको आर्मीले गोल गर्न सकेन। बरु प्रतिस्पर्धी पुलिसले खेलको इन्ज्युरी समयमा पेनाल्टीको अवसार पाएको थियो। तर पुलिसकी कप्तान भिम कुमारी गुरुङले अवसर सदुपयोग गर्न सकिनन्।

उनले प्रहार गरेको पेनाल्टी पोस्टमाथिबाट बाहिर गएपछि खेलको अन्तिम नतिजा पनि १–१ नै भयो।

यससँगै आर्मीले जारी लिगको दोस्रो स्थानमै चित्त बुझाएको छ भने विराटनगर पाँचौ स्थानबाट चौथो स्थानमा उक्लिएको छ।

आर्मीले अन्तिम खेलमा एपीएफसँग प्रतिस्पर्धा गर्नेछ। त्यस्तै पुलिसले अन्तिम खेलमा चौदण्डीको चुनौती स्वीकार गर्नेछ। आर्मी उपाधि दौडबाट बाहिरिएसँगै लिगको उपाधि भने एपीएफले दुई खेल अगावै जितेको छ।

प्रकाशित: Feb 17, 2021| 08:28 बुधबार, फागुन ५, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।