शनिबार, असार २७, २०८३

मध्यपुर थिमीमा कराते एकेडेमी

नेपाल सितोरियो सोबुकान कराते डो संघले मध्यपुर कराते एकेडेमी सञ्चालनमा ल्याएको छ।
 |  मंगलबार, फागुन ४, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, फागुन ४, २०७७

काठमाडौं– नेपाल सितोरियो सोबुकान कराते डो संघले मध्यपुर कराते एकेडेमी सञ्चालनमा ल्याएको छ। मध्यपुर थिमी नगरपालिकाले उपलब्ध गराएको करिब २ रोपनी जग्गामा एकेडेमी निर्माण गरिएको हो ।

एकेडेमीका बारेमा प्रकाश पार्दै कोषाध्यक्ष सनिश श्रेष्ठले सोही हातामा पहिले करातेको ट्रेनिङ हल पनि निर्माण गरिएको जानकारी दिँदै सहयोगका लागि मध्यपुर थिमी नगरपालिकालाई धन्यवाद दिए। एकेडेमी र ट्रेनिङ हलका लागि करिब ८० लाख खर्च हुने बताउदै अझै केहि काम बाँकी रहेको बताए ।

मध्यपुर थिमी नगरपालिका वडा नम्बर ४ को वप्पामा निर्माण गरिएको एकेडेमी भवन ४२ फिट लम्बाइ र ३२ फिट चौडाइको छ। २ वटा भवनलाई सिनियर र जुनियर खेलाडीका लागि प्रयोग गरिने बताइएको छ।

मध्यपुर थिमी नगरपालिकाका मेयर मदनसुन्दर श्रेष्ठले एकेडेमीको उद्घाटन गरे। उनले आफू पनि पूर्व खेलाडी भएकाले खेल क्षेत्रको विकासका लागि सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाए।

राष्ट्रिय खेलकुद परिषद्का सदस्य पुरेन्द्रविक्रम लाखेले एकेडेमी स्थापना गर्ने कार्यको प्रशंसा गर्दै खेलाडी उत्पादनमा टेवा पुग्ने बताए ।

प्रकाशित: Feb 16, 2021| 14:24 मंगलबार, फागुन ४, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।