शनिबार, असार २७, २०८३

इशाश्री र सुनिरा जुनियर टेनिसको सेमिफाइनलमा

इशाश्री शाह र सुनिरा थापा प्रथम टिम टेनिस नेपाल जुनियर प्रिमियम टेनिस प्रतियोगिताको यु–१६ गर्ल्स सिंगल्समा मंगलबार सेमिफाइनलमा प्रवेश गरेका छन् ।
 |  मंगलबार, फागुन ४, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, फागुन ४, २०७७

काठमाडौं– इशाश्री शाह र सुनिरा थापा प्रथम टिम टेनिस नेपाल जुनियर प्रिमियम टेनिस प्रतियोगिताको यु–१६ गर्ल्स सिंगल्समा मंगलबार सेमिफाइनलमा प्रवेश गरेका छन् ।

टिम टेनिस नेपालको आयोजनामा भइरहेको प्रतियोगितामा इशाश्रीले निमिशा ढकाललाई ६–० र ६–० तथा सुनिराले सराह तिमल्सिनालाई ६–४ र ६–० को सोझो सेटमा पराजित गरे ।

सोही स्पर्धामा सर्वानी श्रेष्ठले आद्या पौडेललाई ६–१ र ६–१ तथा सोन्जाले शुभाङ्गीलक्ष्मी शाहलाई ६–१ र ६–१ को सीधा सेटमा हराउँदै सेमिफाइनलमा पुगेका छन् ।

धापाखेलस्थित टेनिस कोर्टमा सञ्चालन भइरहेको प्रतियोगिताको यु–१२ ब्वाइज सिंगल्समा बोरिस अधिकारीले आदित नेपाललाई ६–१ र ७–५, श्रीजन भट्टराईले वृजेश अर्याललाई ६–१ र ६–१, दर्शिल श्रेष्ठले अविर श्रीवास्तवलाई ६–० र ६–० तथा निशाद जोशीले तोबियस हेरिङगरलाई ६–० र ६–१ को सेटमा पाखा लगाउदै सेमिफाइनलमा स्थान सुरक्षित गरे ।

उक्त स्पर्धाको गर्ल्समा कर्मनिष्ठ श्रेष्ठले अर्या भरुगिसलाई ६–१ र ७–६ ९३० ले पन्छाउँदै सेमिफाइनलमा पुगिन् ।

यु–१४ ब्वाइज सिंगल्समा आयुशमान घलेले निशाद जोशीमाथि ६–० र ६–२ को जित निकाल्दै सेमिफाइनलमा स्थान पक्का गरे ।

ब्वाइज डबल्समा आरभसम्राट हाडा र अकी जुवेन रावतको जोडीले दर्शिल श्रेष्ठ र साश्वतको जोडीलाई ६–० र ६–० तथा आयुशमान घले र स्लोक खड्काको जोडीले ग्रिभेन र प्रसिद्ध मोक्तानको जोडीलाई ६–१ र ६–१ को सेटमा निराश पार्दै फाइनलमा पुगे ।

प्रकाशित: Feb 16, 2021| 14:09 मंगलबार, फागुन ४, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।