शुक्रबार, असार २६, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • यी ५ वस्तु आयात हुन्छ सबैभन्दा धेरै, चामलमात्रै २५ अर्बको 

यी ५ वस्तु आयात हुन्छ सबैभन्दा धेरै, चामलमात्रै २५ अर्बको 

चालू आर्थिक वर्षको ६ महिनामा २५ अर्ब रुपैयाँभन्दा बढीको चामल आयात भएको छ।
 |  मंगलबार, फागुन ४, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, फागुन ४, २०७७

काठमाडौं– चालू आर्थिक वर्षको ६ महिनामा २५ अर्ब रुपैयाँभन्दा बढीको चामल आयात भएको छ। नेपाल राष्ट्र बैंकका अनुसार गत साउनदेखि पुससम्म २५ अर्ब १२ करोड ८१ लाख रुपैयाँबराबरको चामल विभिन्न देशबाट आयात भएको हो। 

यो आँकडा गत आवको सोही अवधिको तुलनामा ६६.८ प्रतिशत बढी हो। गत आवको साउनदेखि पुसम्म १५ अर्ब ६ करोड ३७ लाख रुपैयाँबराबरको चामल आयात भएको थियो। 

चालू आवको पहिलो ६ महिनामा सबैभन्दा बढी आयात हुने वस्तुको सूचीमा चामल पाँचौं नम्बरमा छ। पहिलो नम्बरमा भने पेट्रोलियम पदार्थ छ। समीक्षा अवधिमा नेपालमा ६५ अर्ब ६८ करोड ८८ लाख रुपैयाँबराबरको पेट्रोलियम पदार्थ आयात भएको छ। यो परिमाण आवको सोही अवधिको तुलनामा ३० प्रतिशत कम हो। 

सबैभन्दा बढी आयात हुने वस्तुको तेस्रो र चौथो नम्बरमा क्रमशः सवारीसाधन तथा तिनका पार्टपुर्जा र विभिन्न मेसिनरी उपकरण छन्। ५ महिनामा यातायात तथा तिनका पार्टपुर्जा ५५ अर्ब ६८ करोड ६५ लाख रुपैयाँबराबरको आयात भएको छ भने मेसिनरी उपकरण ३२ अर्ब ९२ करोड ७ लाख रुपैयाँको।

आयातको चौथो नम्बर सूचीमा एमएस बिलेट छ। ६ महिनामा एमएस बिलेट २९ अर्ब ८२ करोड ६४ लाख रुपैयाँबराबरको आयात भएको राष्ट्र बैंकको तथ्यांक छ।

प्रकाशित: Feb 16, 2021| 12:13 मंगलबार, फागुन ४, २०७७
प्रतिक्रिया दिनुहोस्