शनिबार, असार २७, २०८३

अस्ट्रेलियन ओपनको सेमिफाइनलमा सेरेना र ओसाका भिड्ने

सेरेना विलियम्स अस्ट्रेलियन ओपनको सेमिफाइनलमा प्रवेश गरेकी छन्। 
 |  मंगलबार, फागुन ४, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, फागुन ४, २०७७

काठमाडौं – सेरेना विलियम्स अस्ट्रेलियन ओपनको सेमिफाइनलमा प्रवेश गरेकी छन्। 

महिला वरीयतामा दोस्रो स्थानमा रहेकी हालेपलाई सोझो सेटमा पराजित गर्दै सेरेना सेमिफाइनलमा प्रवेश गरेकी हुन्। 

सेरेनाले ६–३ र ६–३ को सेटमा हराउँदै २४ औं ग्रान्डस्लम उपाधिका लागि बलियो दाबेदारी प्रस्तुत गरेकी छन्। उनले यसअघि २३ पटक ग्रान्डस्लम उपाधि जितिसकेकी छन्।

लगातार सानदार प्रदर्शन गरेकी ३९ वर्षीया अमेरिकी टेनिस स्टार सेरेनाले भनिन्, ‘मैले आज प्रतियोगिताभरिकै उत्कृष्ट खेल खेलें।’

त्यस्तै आज बिहान सम्पन्न खेलमा जापानी स्टार नाओमी ओसाकाले हेस सुवाईलाई हराउँदै सेमिफाइनल प्रवेश गरेकी छन्।

सेमिफाइनल खेलमा ओसाकाले सेरेनाको सामना गर्नेछिन्।

तेस्रो वरीयताकी जापानी खेलाडी ओसाकाले गत वर्ष पहिलोपटक ग्रान्डस्लम जितेकी थिइन्।

अब ओसाकाले फाइनल प्रवेशका लागि सात पटकको अस्ट्रेलियन ओपन विजेता सेरेनासँग सामना गर्नेछिन्।

उनीहरु २०१८ को यूएस ओपनपछि पहिलोपटक भेट्न लागेका हुन्।
 

प्रकाशित: Feb 16, 2021| 11:52 मंगलबार, फागुन ४, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।