शनिबार, असार २७, २०८३
  • गृहपृष्ठ
  • खेलकुद
  • महिला लिगमा चन्द्रपुरको तेस्रो जित, चौदण्डीको लगातार ११ औं हार

महिला लिगमा चन्द्रपुरको तेस्रो जित, चौदण्डीको लगातार ११ औं हार

राष्ट्रिय महिला लिग अन्तर्गत मंगलबार दिउँसो सम्पन्न खेलमा चन्द्रपुर नगरपालिकाले संघर्षपूर्ण जित निकालेको छ।
 |  मंगलबार, फागुन ४, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, फागुन ४, २०७७

काठमाडौं– राष्ट्रिय महिला लिग अन्तर्गत मंगलबार दिउँसो सम्पन्न खेलमा चन्द्रपुर नगरपालिकाले संघर्षपूर्ण जित निकालेको छ।

चौदण्डीगढीकी किपरको गल्तीका कारण चौदण्डीले लगातार चन्द्रपुरसँग २–१ गोलको हार बेहोरेको हो।

यता लिगमा तेस्रो जितका लागि रजनी थोकर र दिल कुमारी राना मगरले समान १–१ गोल गरे।

थोकरले प्रहार गरेको साधारण सुट पनि चौदण्डीकी किपर रविना माया घलानले नियन्त्रणमा लिन नसकेपछि चन्द्रपुरले पहिलो हाफको अतिरिक्त समयमा लिड लिएको थियो।

त्यस्तै, दोस्रो हाफको ६६ औं मिनेटमा पनि किपरले सोही गल्ती दोहोर्याउँदा मगरले गोल गर्दै चन्द्रपुरको अग्रता दोब्बर बनाइन्।

तर चन्द्रपुरको दोस्रो गोलको चार मिनेटपछि नै मनिता तामाङले गोल गर्दै चौदण्डीलाई खेलमा ल्याउने प्रयास गरिन्। त्यसपछि अर्को गोल गर्न नसक्दा चौदण्डीले खेललाई बराबरी गर्न सकेन।

आजको हारसँगै चौदण्डीले लिगमा अंक जोड्ने अवसर गुमाएको छ। ऊ शून्य अंकका साथ तालिकाको पुछारमा छ। तर आजको जितसँगै ९ अंक बनाएको चन्द्रपुर पुछारबाट दोस्रो स्थानमा छ।

आजको जितपछि चन्द्रपुरका प्रशिक्षक नुरराज काफ्लेले लिगमा जित्न र हार्न बाँकी नरहेको बताएका छन्। ‘हार वा जितले हाम्रो स्थानमा परिवर्तन ल्याउने नभए पनि हामीले जित्यौं,’ उनले भने, ‘खेलाडीको चोटका कारण हामी अघि बढ्न नसकेका हौँ।’

त्यस्तै, चौदण्डीका प्रशिक्षक दीपक थापाले आफ्नो टिमले प्रदर्शन सुधार गर्दै गएको बताएका छन्। उनले भने, ‘अघिको प्रदर्शनको तुलनामा हाम्रो खेलाडीको अवस्था सुधार भएको छ। हामी अन्तिम खेलसम्म राम्रो गर्ने कोसिस गर्नेछौं।’

अब चौदण्डी र चन्द्रपुरको एक एक खेलमात्र बाँकी छ।
 

प्रकाशित: Feb 16, 2021| 11:18 मंगलबार, फागुन ४, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।