आइतबार, चैत १, २०८२

त्यो हारको बदला लिने अवसर

‘ओहो ! युद्ध लड्नुपर्ने छ, तर मुख्य हतियार काम गर्ने अवस्थामै छैनन्। लडाइँका लागि चाहिने अन्य केही हतियारमा पनि समस्या छ।’ फ्रेन्च कपको पछिल्लो खेलपछि पेरिस सेन्ट जर्मेन (पीएसजी)का प्रशिक्षक मोरिसिया पोचेतिनोलाई सायद यस्तै लागेको हुनुपर्छ।
 |  मंगलबार, फागुन ४, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, फागुन ४, २०७७

‘ओहो ! युद्ध लड्नुपर्ने छ, तर मुख्य हतियार काम गर्ने अवस्थामै छैनन्। लडाइँका लागि चाहिने अन्य केही हतियारमा पनि समस्या छ।’ फ्रेन्च कपको पछिल्लो खेलपछि पेरिस सेन्ट जर्मेन (पीएसजी)का प्रशिक्षक मोरिसिया पोचेतिनोलाई सायद यस्तै लागेको हुनुपर्छ।

National life

किनभने बार्सिलोनाविरुद्ध च्याम्पियन्स लिगको लडाइँका लागि आज राति चाहिने मुख्य हतियार अर्थात् नेयमार खेलमा उपस्थित हुनसक्ने अवस्थामा छैनन्। उनी दोस्रो डिभिजनको क्लब कनविरुद्धको खेलमा घाइते भएपछि रेस्टमा छन्। त्यतिमात्र होइन, अर्का फरवार्ड डि मारिया पनि बार्सिलोनाविरुद्धको खेलमा हुनेछैनन्।

डि मारियासँगै मैदानबाहिर रहने खेलाडीमा जुवन बर्नेट र कोलिन डग्बा पनि छन्। यसकारण पीएसजीलाईनिकै गाह्रो हुनेछ।

नेयमार मैदान बाहिर रहनु पीएसजीका लागि घाटा नै हो त ? पक्कै पनि हो।

किनभने यो खेलमा नेयमार पीएसजीका हतियारमात्र होइनन्। बार्सिलोनाका कप्तान लियोनेल मेस्सी र उनीबीचको प्रतिष्ठाको लडाइँसमेत हो।

Laxmi sunrise bank
kumari

नेयमारले लामो समय बार्सिलोनामा बिताउँदा उनले आफू मेस्सीको छायामा परेको महसुस गरे। त्यसबाट पार पाउँदै विश्वकै उत्कृष्ट खेलाडी हुने महत्वाकांक्षाका साथ पेरिस छिरेका उनलाई तिनै मेस्सीविरुद्ध खेल्ने मौका थियो।

र, उनले आफ्नो महत्वाकांक्षलाई सावित गर्ने अवसर थियो। त्यसलाई उनले गुमाए।

फुटबल इतिहासको पाना पल्टाउँदा बार्सिलोना र पीएसजीबारे अर्को अध्याय पनि भेटिन्छ, जहाँ पीएसजी र बार्सिलोनाले आ–आफ्नो घरेलु मैदानमा सानदार जित निकालेका थिए।

यो कुरा तीन वर्षअघिको च्याम्पियन्स लिगको हो, जतिबेला ४–० ले पछि परेको बार्सिलोनाले ६–५ को जित निकाल्दै पीएसजीलाई च्याम्पियन्स लिगबाट पन्छाएको थियो।

त्यो हारको बदला पीएसजीले लिएकै छैन। तर बार्सिलोनाले त्यसअघि पीएसजीसँग ४–० गोलको हारको बदलाचाहिँ लिइसकेको छ १ का विरुद्ध ६ गोल गरेर। तर फुटबलमा आलोपालो शैलीले काम गर्दैन। जो बलियो छ, जसको रणनीति राम्रो छ खेल जित्ने उसले नै हो। त्यसैले आजको खेलमा कसको खुट्टा बलियो र कसको रणनीति तगडा भन्नै निर्क्योल हुनेछ।

त्यसो त आज सर्वाधिक प्रतीक्षा गरिएका दुई खेलाडी मेस्सी र नेयमारबीचको खेल भने देख्न पाइनेछैन।

बार्सिलोना र पीएसजीको विगत

च्याम्पियन्स लिग अन्तर्गतका पछिल्लो तीन खेलमा बार्सिलोनाले पीएसजीलाई नकआउट गरेको छ। २०१२–१३ को क्वार्टरफाइनल खेलमा ३–३ गोलको बराबरी भएपछि बार्सिलोनाले अवे गोलको आधारमा जित निकाल्दै पीएसजीलाई घर पठाएको थियो।

त्यसपछि बार्सिलोनासँग पीएसजीको २०१४–१५ मा पनि क्वार्टरफाइनलमै भेट भयो। त्यो खेलमा बार्सिलोनाले पीएसजीविरुद्ध समग्रमा ५–१ गोलको सानदार जित निकाल्यो।

पीएसजी बार्सिलोनासँग दोस्रोपटक पराजित भयो।

तर २०१६–१७ को अन्तिम १६ को पहिलो लेगमा पीएसजीले क्याटलान क्लबसँग बदला लियो। उसले घरेलु मैदानमा बार्सिलोनालाई ४–० गोलले हरायो। तर रिटर्न लेग भने पीएसजीका लागि बिर्सनलायक रह्यो। त्यो खेलमा नेयमारले जादूमयी प्रदर्शन गर्दा बार्सिलोनाले ६–१ गोलको जित निकाल्दै समग्रमा ६–५ गोलको नतिजाले खेल आफ्नो पक्षमा पार्यो। पीएसजीले बार्सिलोनाविरुद्ध एकपटक जित निकालेको देखिन्छ, जुन १९९४–९५ मा हो।

त्यो बेला पीएसजीले स्पेनिस जायन्टलाई ३–२ गोलले हराएको थियो। र, अन्तिम पटक बार्सिलोना र पीएसजी भेट भएको त्यही खेलमा हो, जहाँ बार्सिलोनाले फ्रेन्च लिग विजेताविरुद्ध सानदार जित निकालेको थियो।

अनि त्यही खेलपछि हो, गेम चेन्जर नेयमार विश्व कीर्तिमानी मूल्य २२० मिलियन यूरोमा पीएसजी गएका। युरोपियन फुटबल ट्रान्सफर विन्डो नियाल्ने हो भने त्यही खेलले नेयमारलाई पेरिस पुर्याएको देखिन्छ।

पालो मेस्सीको !

अहिलेको हल्ला सुन्दा लाग्छ– कतै यो सिजनपछि बार्सिलोनाका मेस्सी पनि पेरिस जाने त होइनन् ? किनभने मेस्सी नेयमारका नजिकका साथी हुन्, नेयमार मेस्सीसँग खेल्न चाहन्छन्। र, मेस्सी साथी भनेपछि हुरुक्कै हुन्छन्।

फरवार्ड लुइस सुआरेजसँगै धेरै खेलाडी बेच्ने भएपछि मेस्सीले पनि पछिल्लो समरमा बार्सिलोना छोड्न चाहेका थिए। पीएसजीले उनलाई अनुबन्ध गर्न चाहेको थियो। यही कुरा सुनाउँदै बार्सिलोना छोड्ने बताउँदा मेस्सीसँगको कुराकानीमा उपस्थित परिवारका सबै सदस्य रोएका थिए।

तर, सो घटनापछि उनले क्लब छोड्ने कुरामा केही बोलेका छैनन्। त्यो घटनापछि सम्झलायक कुरा के छ भने मेस्सीको बार्सिलोनासँगको सम्झौता जारी लिगसँगै सकिँदै छ।

त्यसपछि उनी क्लब छोड्न स्वतन्त्र हुनेछन्। यस्तै गसिपहरु अहिले फ्रान्सका विभिन्न पत्रपत्रिकामा समेत छापिन थालेका छन्।

मेस्सीलाई पीएसजीमा तान्ने अभियानमा लागेको समयमा बार्सिलोनाविरुद्ध च्याम्पियन्स लिग अन्तर्गत आज राति हुने खेल हेर्नलायक रहने छ।

मेस्सी भर्सेस एम्बाप्पे

नेयमारलगायत खेलाडीको अनुपस्थितिले खेलमा खल्लोपन भने अवश्य ल्याउनेछ। त्यसैले आजको खेललाई मेस्सीविरुद्ध एम्बाप्पेको खेलका रुपमा हेरिएको छ। दुई सिजनअघि युरोपियन शीर्ष डिभिजन लिगको गोल्डेन बुट दावेदारीमा मेस्सी र एम्बाप्पेको कडा टक्कर परेको थियो।

त्यो सिजनमा एम्बाप्पेले मेस्सीभन्दा दुई गोल कम गरेका थिए। त्यसैले आजको खेललाई मेस्सी भर्सेस एम्बाप्पेको रुपमा हेर्नुपर्ने स्पेनिस मिडियाले लेखेका छन्।

खेल बार्सिलोनाको मैदान क्याम्प नाउमा हुनेछ। यो मैदानमा पीएसजीले सन् १९८४ यता जितेकै छैन। यदि पीएसजीले बार्सिलोनालाई हराउन सके उसले नयाँ इतिहास बनाउनेछ। साथै पीएसजीलाई दुवै लेगमा हराउन सके बार्सिलोना लगातार १४ पटक च्याम्पियन्स लिगको क्वार्टरफाइनलमा प्रवेश गर्नेछ। जुन एक रेकर्ड हुनेछ।

बार्सिलोनाले २००६–०७ मा अन्तिम पटक राउन्ड अफ १६ मा लिभरपुलसँग हार बेहोरेपछि क्वारर्टरफाइनलमा पुग्नबाट रोकिएको छैन।

आजको खेल नेपाली समयअनुसार रातको पौने २ बजे सुरु हुनेछ।

प्रकाशित: Feb 16, 2021| 10:33 मंगलबार, फागुन ४, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।