आइतबार, चैत १, २०८२

लज्जास्पद हारपछि इन्डियाको सानदार जित

पहिलो टेस्टमा पाहुना टिम इंग्ल्यान्डसँग २२७ रनले पराजित इन्डिया भखैरै सम्पन्न दोस्रो टेस्टमा ३१७ रनले विजयी भएको छ।
 |  मंगलबार, फागुन ४, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, फागुन ४, २०७७

काठमाडौं– पहिलो टेस्टमा पाहुना टिम इंग्ल्यान्डसँग २२७ रनले पराजित इन्डिया भखैरै सम्पन्न दोस्रो टेस्टमा ३१७ रनले विजयी भएको छ।

National life

चेन्नईको चिदम्बरम् रंगशालामा टस जितेर ब्याटिङ रोज्दै खेल सुरु गरेको इन्डियाले इंग्ल्यान्डलाई दुवै इनिङमा सस्तैमा समेट्यो।

सानदार जितका क्रममा रोहित शर्माले पहिलो इनिङमा १६१ रनको सतकिय पारी खेलेका थिए भने दोस्रो इनिङमा रविचन्द्र अश्विनले १०६ रनको सतकिय इनिङ खेलेका थिए।

इन्डियाको जितका लागि अश्विन महत्पूर्ण खेलाडी सावित भए। उनले पहिलो इनिङमा इंग्ल्यान्डको पाँच विकेट गिराए भने दोस्रो इनिङमा पनि तीन विकेट लिएर खेलमा तीन विकेट गिराए।

यसअघिको पहिलो टेस्टमा पनि अश्विनले दुई इनिङबाट नौ विकेट चट्काएका थिए।

Laxmi sunrise bank
kumari

समग्रमा टेस्ट

पहिलो इनिङमा इन्डिया ३२९ रन बनाउँदै अल आउट भएको थियो। ९५ ओभर पाँच बलबाट सो इनिङमा इन्डियाका रोहित शर्माले १६१, अजिंक्य रहाणेले ६७ र ऋषभ पन्तले अविजित ५८ रन बनाएका थिए।

यता शून्य रनमै आउट हुनेमा कप्तान विराट कोहली, इशान्त शर्मा र कुलदीप यादवसमेत रहे।

बलिङतर्फ इंग्ल्यान्डका माइन अली, ओल्ली स्टोन्स, ज्याक लित र जोय रुटले क्रमशः ४, ३, २ र १ विकेट गिराए।

इंग्ल्यान्डको पहिलो इनिङमा पाहुना टिमलाई १३४ रनमा रोक्न बलिङमा अश्विन नै चम्किए। उनले पाँच विकेट गिराएका कारण इंग्ल्यान्डका ब्यान फोक्सले सर्वाधिक ४२ रन बनाउनुबाहेक अन्य खेलाडीले सम्झनलायक प्रदर्शन गरेनन्।

इन्डियाको बलिङतर्फ मात्र होइन, ब्याटिङ लाइनमा पनि अश्विन नै चम्किए। आठौं नम्बरमा मैदान पसेका अश्विनले १४ चौका र एक छक्का सहित १०६ रन जोडे।

इन्डिया सात विकेट गुमाएर १०६ रनको अवस्थामा संघर्ष गरिरहँदा अश्विनले सानदार खेल प्रस्तुन गर्दै २८६ रनसम्म साझेदारी गरे।
यसकारण दोस्रो इनिङमा पनि इन्डिया २८९ रन जोड्न सफल भयो। अश्विनबाहेक कप्तान विराट कोहलीले ६२ रन बनाए।

उक्त इनिङमा इंग्ल्यान्डका ज्याक लिच र मोइन अलिले समान ४–४ विकेट गिराए।

यसकारण अन्तिम ओभरमा ४८२ रनको लक्ष्य पाएको इंग्ल्यान्डविरुद्ध इन्डियाका अक्षर पटेलले पाँच विकेट गिराउँदा पाहुना टिम ३१७ रनले पराजित भयो।

इंग्ल्यान्डको दोस्रो इनिङका त्रममा मोइन अलिले ४३ र कप्तान जोय रुटले ३३ रन जोडे। अश्विनले तीन विकेट लिए।

इन्डिया–इंग्ल्यान्ड सिरिज

आईसीसी विश्व टेस्ट च्याम्पियनसिप अन्तर्गतको चार खेलको टेस्ट सिरिज फेब्रुअरी ५ बाट चिदम्बरम् रंगशाला चेन्नईमा सुरु भएको हो।

फेब्रुअरी ९ सम्म चलेको पहिलो टेस्टमा इन्डियाले २२७ रनको जित निकालेको थियो भने फेब्रुअरी १३ बाट सुरु भएको दोस्रो टेस्टमा इन्डियाले पहिलो जित निकाल्यो।

यो टेस्टमा इन्डियन टिम तीन स्पिनर्सका साथ मैदान उत्रिएको थियो। जसमा रविचन्द्र अश्विन, वासिंटन सुन्दर र शाहबाज नदिम थिए। त्यस्तै चोटमुक्त भएपछि इशान्त शर्मा इन्डियन टिममा फर्किएका हुन्।

त्यस्तै भारतीय टिमका कप्तान विराट कोहली पनि टिममा फर्किएका थिए। उनले राष्ट्रिय टिमबाट एक वर्षपछि अर्का ब्याट्सम्यान रोहित शर्मासँग खेलिरहेका छन्।

जारी इन्डिया–इंग्ल्यान्ड टेस्ट सिरिज अन्तर्गत पहिला दुई खेल चेन्नईमा सम्पन्न भएका छन् भने भने बाँकी दुई खेल अहमदाबाद रंगशालामा हुनेछ।

मार्च ८ मा चारै टेस्ट सकिनेछ। त्यसपछि अहमदाबादमै इन्डियाले पाहुना टिमसँग पाँच खेलको टी–२० खेल्नेछ।

टेस्ट र टी–२० सिरिज सकिएपछि इन्डियन टिम र इंग्ल्यान्ड टिमले तीन खेलको एक दिवसीय सिरिज पनि खेल्नेछन्। एकदिवसीय सिरिज पुने रंगशालामा हुनेछ। तीन खेलको एकदिवसीय सिरिज २३ मार्चमा सुरु भएर २८ मार्चमा सकिने छ।
 

प्रकाशित: Feb 16, 2021| 07:45 मंगलबार, फागुन ४, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।