शनिबार, असार २७, २०८३

ओसाका अष्ट्रेलियन ओपनको सेमिफाइनलमा

विश्व महिला टेनिस अन्तर्गत तेस्रो वरियताकी नोओमी ओसाका अष्ट्रेलियन ओपनको सेमिफाइनलमा पुगेकी छन्।
 |  मंगलबार, फागुन ४, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, फागुन ४, २०७७

काठमाडौं- विश्व महिला टेनिस अन्तर्गत तेस्रो वरियताकी नोओमी ओसाका अष्ट्रेलियन ओपनको सेमिफाइनलमा पुगेकी छन्।

उनले मेलबन पार्कमा सम्पन्न खेलको ६६ मिनेटमै हेश शुवाईलाई हराएर ओपनको सेमिफाइनल यात्रा तय गरेकी हुन्। 

सुवाईलाई सोझो सेटमा हराउने क्रममा ओसाकाले ६–२ र ६–२ को जित निकालिन्।

सेमिफाइनल खेलमा अब ओसाकाले सेरेना विलियम्स र सिमोना हालेपबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछिन्।

२३ पटककी ग्राडस्म विजेता सेरेना ११ वरियताकी खेलाडी हुन् भने हालेप शीर्षभन्दा एक स्थान कम छ। त्यस्तै, सेरेना र हालेप दुवै ग्राण्डस्मका पूर्वच्याम्पियन हुन्।

ओसाकाले आजको जितपछि भनिन्, ‘जब म उनीसँग खेल्छु। ठूलो प्रतिस्पर्धा हुन्छ।’

उनले यसअघि नै दुई पटकका विजेता ग्याब्रियन मुगुरुजालाई हराउँदै दुई म्याच पोइन्ट बचाइसकेकी छन्।

ओसाकले यूएसओपनमा पनि सेरेनालाई हराएकी थिइन् तर हालेपविरुद्धका चार खेलमा ओसाकाले एकमात्र जित निकालेकी छन्।
 

प्रकाशित: Feb 16, 2021| 06:49 मंगलबार, फागुन ४, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।