आइतबार, चैत १, २०८२

सावित्राको चोटबारे अहिल्यै भन्न सकिँदैन : प्रशिक्षक थापा

सशस्त्र प्रहरीकी विभागीय टिमकी प्रशिक्षक भगवती थापाले फरवार्ड सावित्रा भण्डारीको चोटबारे केही भन्न नसकिने बताएकी छन्।
 |  सोमबार, फागुन ३, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, फागुन ३, २०७७

काठमाडौं- सशस्त्र प्रहरीकी विभागीय टिमकी प्रशिक्षक भगवती थापाले फरवार्ड सावित्रा भण्डारीको चोटबारे केही भन्न नसकिने बताएकी छन्।

National life

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा पुलिसविरुद्धको खेलमा फरवार्ड भण्डारी घाइते भएकी थिइन्। उनी दोस्रो हाफको ६९ औं मिनेटमा ल्यान्डिङ गर्ने क्रममा घाइते भएकी थिइन्।

त्यसपछि उनलाई स्ट्रेचारमा राखेर मैदानबाहिर ल्याइएको थियो भने उनको ठाउँमा रबिना गोले मैदान प्रवेश गरेकी थिइन्।

तर उनको चोट कस्तो हो भन्नेबारे जानकारी भइनसकेको प्रशिक्षक थापाको भनाइ छ। उनले घुँडामा देखाउँदै भनिन, ‘सावित्राको खुट्टाको यही वरिपरि चोट लागेको छ। कसरी लडेको भन्ने कुरा र जाँच गरेपछि चोटको निक्र्योल हुन्छ।’
फरवार्ड सावित्रा एपीएफकी महत्पूर्ण खेलाडी हुन्। चौदण्डीगढीविरुद्धको एक खेलमा त उनले चौथो ह्याट्रिक गरेकी थिइन्।

साथै अन्य विभागीय टिमविरुद्ध पनि उनको दबदबा सानदार छ। यसकारण एपीएफलाई अघिका खेलमा भने चुनौती थपिएको छ।

Laxmi sunrise bank
kumari

सावित्राबाहेक लगातारको खेलका कारण अन्य खेलाडीलाई पनि चोटले सताएको छ। कप्तान अनिता बस्नेत मैदानमा देखिए पनि शतप्रतिशत ठिक नभएको थापा बताउँछिन्।

तर बाँकी खेलमा जित निकाल्न सावित्रा नभए पनि पर्याप्त खेलाडी रहेको थापा बताउँछिन्, ‘हामीले यति धेरै जित निकालेको सावित्राले मात्र गोल हानेर पनि होइन। हाम्रा सबै खेलाडीमा उत्तिकै क्यापासिटी छ। तर यो चाहिँ मान्नुपर्छ स्कोरिङमा सावित्रा अघि छन्।’

आज पुलिसविरुद्धको खेलमा खेलाडी परिवर्तन गरेपछि खेल अझै दमदार बनेको थापाको दाबी छ। उनी भन्छिन्, ‘हामीले खेलाडी परिवर्तन गरेपछि खेल अझै राम्रो भयो। प्रतिस्पर्धा बढ्यो। यसकारण हामी कुनै पनि क्लबलाई फेस गर्न सक्छौँ।’
यता बाँकी दुई खेलमा एपीएफले विराटनगर र विभागीय डर्बी आर्मीसँग प्रतिस्पर्धा गर्न बाँकी छ।

No description available.सावित्रा घाइते भएका कारण आफूलाई फाइदा हुने विराटनगरका प्रशिक्षक पारस चौधरी बताउँछन्।

वालिङलाई हराएपछि उत्साहित विराटनगरका प्रशिक्षले चौधरीले भने, ‘एपीएफका केही महत्वपूर्ण खेलाडीलाई चोट लागेको रहेछ। यसले हामीलाई अर्को खेलमा एपीएफलाई रोक्न सहज हुनेछ।’

यता एपीएफ लिगमा अपराजित टिम हो। उसले जारी सिजनको आजको खेलमा मात्र एक गोलको सामना गरेको छ। र, एपीएफलाई बाँकी दुईमध्ये एक जित नै उपाधि जित्नका लागि काफी छ।

यसलाई मनन् गरेका प्रशिक्षक चौधरी भन्छन्, ‘अहिलेसम्मको हिसाबले उपाधि विजेता चाहिँ एपीएफ नै हो। तर खेलाडी चोटग्रस्त हुँदा रोक्न सकिन्छ भन्ने लागेको हो।’

यदि विराटनगरले एपीएफलाई आउँदो खेलमा हराउन सके अर्को खेलमा आर्मीले एपीएफसँग फाइनल सरहको म्याच खेल्नेछ।

तर त्यसअघि नै आर्मी परातिज भए एपीएफले कुनै खेल नखेल्दै उपाधि जित्नेछ।

प्रकाशित: Feb 15, 2021| 13:40 सोमबार, फागुन ३, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।