शनिबार, असार २७, २०८३

घले यू-१६ जुनियर टेनिसको क्वार्टरफाइनलमा

आयुषमान घले प्रथम जुनियर प्रिमियम टेनिस प्रतियोगिताको यू–१६ ब्वाइज सिंगल्समा क्वार्टरफाइनलमा प्रवेश गरेका छन्। 
 |  सोमबार, फागुन ३, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, फागुन ३, २०७७

काठमाडौं- आयुषमान घले प्रथम जुनियर प्रिमियम टेनिस प्रतियोगिताको यू–१६ ब्वाइज सिंगल्समा क्वार्टरफाइनलमा प्रवेश गरेका छन्। 

धापासीस्थित टिम टेनिस नेपालको कोर्टमा सोमबार सम्पन्न खेलमा आयुषमानले श्रेयस पौडेललाई ६–२ र ६–१ को सोझो सेटमा पराजित गरे।

यू–१ स्पर्धाको गर्ल्समा शुभाङ्गीलक्ष्मी शाहले प्रशंसा मोक्तानलाई ६–१ र ६–२ को सेटमा हराइन् भने निमिशा ढकालले अजा रेग्मीलाई ६–१ र ६–४ सेटमा हराउँदै क्वार्टरफाइनलमा पुगिन्।

त्यस्तै, सर्वानी श्रेष्ठले आइशा गुरुङलाई ६–३ र ६–२ तथा आद्या पौडेलले इभा अधिकारीलाई ६–२ र ६–४ को सीधा सेटमा हराउदै क्वार्टरफाइनलमा पुगेका छन्।

यु–१४ गर्ल्स सिंगल्समा प्रशंसा मोक्तानले कृषा अधिकारीलाई ६–२ र ६–३, इभा अधिकारीले समृद्धि महर्जनलाई ५–७, ६–२ र ७–५ र सुनिरा थापाले शैभी ढकाललाई ६–१ र ६–० ले पराजित गरे।

त्यस्तै जेनी खड्काले आद्या पौडेललाई ६–३ र ६–१ को सेटमा पाखा लगाउँदै सेमिफाइनलमा स्थान सुरक्षित गरिन्।

यू–१२ ब्वाइज सिंगल्समा अविर श्रीवास्तवले योगेश ज्ञवालीलाई ६–२ र ६–३ ले पन्छ्याउदै क्वार्टरफाइनलमा स्थान बनाए।
हिजोबाट सुरु भएको प्रतियोगिता आगामी फागुन ७ गतेसम्म चल्नेछ।

प्रकाशित: Feb 15, 2021| 13:05 सोमबार, फागुन ३, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।