शनिबार, असार २७, २०८३

वालिङलाई हराउँदै विराटनगर महिला लिगको तेस्रो स्थानमा

राष्ट्रिय महिला लिगअन्तर्गत आजको खेलमा जित निकाल्दै विराटनगर महानगरपालिका तेस्रो स्थानमा उक्लिएको छ।
 |  सोमबार, फागुन ३, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, फागुन ३, २०७७

काठमाडौं – राष्ट्रिय महिला लिगअन्तर्गत आजको खेलमा जित निकाल्दै विराटनगर महानगरपालिका तेस्रो स्थानमा उक्लिएको छ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा सम्पन्न खेलमा वालिङविरुद्ध विराटनगरले १–० गोलको संघर्षपूर्ण जित निकालेको हो।

प्रतिस्पर्धात्मक खेलको पहिलो हाफको ३५ मिनेटमा गोल गर्दै विराटनगरले अग्रता बनाएको थियो। मिडफिल्डर आशाकुमारीले फ्री किकमार्फत गोल गर्दै विराटनगरलाई अग्रता दिलाएकी थिइन्।

तर खेलको दोस्रो हाफमा पनि अन्य गोल बन्न नसक्दा आशाको गोल नै निर्णायक बन्यो।

विराटनगरको बक्समा बालिङले पाएको अवसरको सदुपयोग गर्न नसक्दा उसले पटक पटक गोलको मौका गुमाएको थियो। 

यससँगै १४ अंक जोडेको वालिङ चौथो स्थानमा झरेको छ भने पाँचौं स्थानमा स्थानमा रहेको पुलिसको पनि समान १४ अंक छ।

विराटनगरले १६ अंक बनाएको छ। आजै सम्पन्न नवौं चरणको अन्तिम खेलमा पुलिसले एपीएपmसँग २–१ गोलको हार बेहोरेको थियो।

लिगमा ११ औं चरण सुरु भएसँगै अब वालिङ र विराटनगर बाहेक सबै टिमका समान २–२ खेल बाँकी छन्।

प्रकाशित: Feb 15, 2021| 11:40 सोमबार, फागुन ३, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।