शनिबार, असार २७, २०८३

लिग उपाधि नजिक एपीएफ, तोडियो क्लिन सिटको निरन्तरता

राष्ट्रिय महिला लिगअन्तर्गत आज सम्पन्न विभागीय डर्बी फुटबलमा सशस्त्र प्रहरीको एपीएफ क्लबले पुलिसमाथि २-१ गोलको जित निकालेको छ।
 |  सोमबार, फागुन ३, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, फागुन ३, २०७७

काठमाडौं – राष्ट्रिय महिला लिगअन्तर्गत आज सम्पन्न विभागीय डर्बी फुटबलमा सशस्त्र प्रहरीको एपीएफ क्लबले पुलिसमाथि २-१ गोलको जित निकालेको छ।

सातदोबाटोस्थित एन्फाको मैदानमा सोमबार एपीएफ र पुलिसबीच प्रतिस्पर्धात्मक खेल भएकाे थियाे।

पुलिसकी किपर उषा नाथले ३०औं मिनेटमा मिडफिल्डर अनिता केसीको बललाई उत्कृष्ट बचाउ गरिन्।

त्यस्तै ३२औं मिनेटमा पनि नाथसँग वान टू वानको अवस्थामा सावित्रा भण्डारी गोल गर्नबाट चुकिन्।

एपीएफको आक्रमणलाई पुलिसकी गोल किपरले लगातार बचाउ गरेपछि पहिलो हाफको नतिजा गोलरहित बराबरी भयो।

तर, दोस्रो हाफको ६८औं मिनेटमा पुलिसकी किपर नाथले बल बुझ्न नसक्दा आत्मघाती गोल हुन पुगेको थियो। यससँगै एपीएफले अग्रता बनायो।

६९औं मिनेटमा एपीएफकी स्ट्राइकर साबित्रा भण्डारी चोटग्रस्त हुँदै मैदानबाट बाहिरिएकी थिइन्। 

७५औं मिनेटमा पुलिसकी अमृता जैसीले गोल गर्दै खेललाई बराबरीमा ल्याइन्। तर, ८५ औं मिनेटमा रबिना गोलेले गोल गर्दै एपीएफलाई पुनः अग्रता दिलाइन्।

आजको जितसँगै एपीएफ ३० अंक जोड्दै शीर्षस्थानमा छ। १४ अंक बनाएको पुलिस चौथो स्थानमा कायम छ।

एपीएफ अब उपाधिबाट एक जित मात्र टाढा छ। यदि उसले बाँकी दुई खेलमा एक हार र एक जित निकाले पनि लिग उपाधि उसकै हातमा हुनेछ।

यता लिगमा दोस्रो स्थानको आर्मीले दुई खेल बाँकी रहँदा २५ अंक बनाएको छ। उसले लिगमा दोस्रो स्थान पक्का गरिसकेको छ। 

यसबाहेकका अन्य क्लब उपाधि होडबाट बाहिरिसकेका छन्।

आजको अर्को खेल दिउँसोको ३ बजेबाट एन्फा कम्प्लेक्समा सुरु हुँदैछ। उक्त खेलमा वालिङ नगरपालिकाले विराटनगर महानगरपालिकासँग खेल्नेछ।

प्रकाशित: Feb 15, 2021| 08:59 सोमबार, फागुन ३, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।