शनिबार, असार २७, २०८३

महिला लिग: आर्मीसँग पुलिस र वालिङसँग विराटनगर भिड्दै

जारी महिला लिगमा आज दुई खेल हुँदैछन्।
 |  सोमबार, फागुन ३, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, फागुन ३, २०७७

काठमाडौं – जारी महिला लिगमा आज दुई खेल हुँदैछन्।

आजको पहिलो खेलमा विभागीय डर्बी पुलिस क्लब र एपीएफ क्लबले प्रतिस्पर्धा गर्नेछन्।

त्यस्तै आजको खेलमा जित निकाल्दै शीर्षस्थानमा रहेको एपीएफ क्लब दोस्रो स्थानको आर्मी क्लबसँग अंक दूरी बढाउने प्रयासमा हुनेछ।

पहिलो लेगको खेलमा नेपाल पुलिस क्लबले एपीएफसँग ३–० गोलको हार बेहोरेको थियो। उक्त खेलमा एपीएफकी फरवार्ड रावित्रा भण्डारीले ह्याट्रिक गरेकी थिइन्।

अंक तालिकामा २७ अंकका साथ एपीएफ शीर्षस्थानमा छ भने १४ अंक बनाएको पुलिस चौथो स्थानमा छ। 

पुलिस आजको खेलमा जित निकाल्दै पहिलो लेगका बदला मात्र चाहँदैन। ऊ अंक तालिकामा स्थान सुधार गर्ने दाउमा पनि हुनेछ।

एपीएफविरुद्ध पुलिसको दोस्रो लेगको खेल दिउँदो १२ बजेबाट सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा हुनेछ।

त्यस्तै दोस्रो खेल पनि सोही मैदानमा दिउँसो ३ बजे सुरु हुनेछ। दोस्रो खेलमा स्याङ्जाको वालिङ नगरपालिकाले विराटनगर महानगरपालिकासँग खेल्नेछ।

दुवै टिमले विदेशी खेलाडी भित्र्याएर विभागीय टिमसमेतलाई टक्कर दिने क्षमता राख्छन्। यसकारण यी दुईको खेललाई पनि आज प्रतिस्पर्धात्मक मानिएको छ।

वालिङ नगर १४ अंकका साथ तेस्रो स्थानमा छ भने विराटनगर १३ अंकका साथ पाँचौ स्थानमा छ।

प्रकाशित: Feb 15, 2021| 03:36 सोमबार, फागुन ३, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।