शनिबार, असार २७, २०८३

लुकाकुको दोहोरो गोलमा इन्टर मिलानको जित

बेल्जियन स्ट्राइकर रोमेलु लुकाकुले दोहोरो गोल गर्दा इटालियन क्लब इन्टर मिलानले सहज जित निकालेको छ।
 |  सोमबार, फागुन ३, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, फागुन ३, २०७७

काठमाडौं – बेल्जियन स्ट्राइकर रोमेलु लुकाकुले दोहोरो गोल गर्दा इटालियन क्लब इन्टर मिलानले सहज जित निकालेको छ।

घरेलु मैदानमा इन्टरलाई लाजियोविरुद्ध ३–१ गोलको जित दिलाउने क्रममा लुकाकुले दोहोरो गोल गरेका हुन्।

गएरातिको जितसँगै इन्टर मिलान पुनः एकपटक सिरी ए को शीर्षस्थानमा पुगेको छ।

लुकाकुले जीवनको ३०० औं गोल गर्नुपूर्व पेनाल्टीमा पाएको अवसरको सदुपयोग गर्दै गोल गरेका थिए।

त्यस्तै उनले पहिलो हाफको अन्तिम मिनेटमा गोल गर्दै उक्त कोशेढुंगा पार गरेका थिए।

यससँगै पहिलो हाफमा इन्टर दुई गोलले अघि रह्यो। दोस्रो हाफमा उसले एक गोल ग र्यो र एक गोलको सामाना ग र्यो।

६१ औं मिनेटमा लाजियोका साविचले गोल गरेपछि २–१ भएको नतिजालाई लुकाकुको पासमा मार्टिनेजले गोल गर्दै ३–१ बनाएका थिए।

गएरातिको जितसँगै इन्टरले एसीमिलानलाई एक अंकपछि पार्दै शीर्षस्थानमा उक्लिएको छ।

इन्टरको ५० अंक छ भने एसीमिलानको ४९ अंक छ। त्यस्तै रोमाको ४३ अंक छ भने ४२ अंकका साथ युभेन्टस् चौथो स्थानमा छ।
 

प्रकाशित: Feb 15, 2021| 02:23 सोमबार, फागुन ३, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।