आइतबार, चैत १, २०८२

ह्याट्रिकपछि ओबामियाङले आर्सनललाई दिए धन्यवाद

इंग्लिस प्रिमियर लिगअन्तर्गत आइतबार रातिको खेलमा आर्सनललाई जित दिलाउने क्रममा कप्तान पियरे इमिरिक ओबामियाङले ह्याट्रिक गरेका छन्।
 |  सोमबार, फागुन ३, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, फागुन ३, २०७७

काठमाडौं – इंग्लिस प्रिमियर लिगअन्तर्गत आइतबार रातिको खेलमा आर्सनललाई जित दिलाउने क्रममा कप्तान पिरेरे इमिरिक ओबामियाङले ह्याट्रिक गरेका छन्।

National life

इमिरेट्स रंगशलामा लिड्स युनाइटेडलाई ४–२ गोलले हराउने क्रममा ह्याट्रिक गरेका ओबामियाङले खेलपछि क्लबलाई धन्यवाद दिए।

३१ वर्षीेय ओबामियाङले अस्वस्थ्यताका कारण जनवरी अन्तिममा दुई खेल गुमाएका थिए। त्यसलाई सम्झँदै उनले भने, ‘क्लबका सबैले मलाई धेरै माया दिनुभयो। मेरो आमा र सबै परिवारलगायत सबैले।’

त्यस्तै उनले खेलमा उत्रन नपाएको समयलाई कठिन घडीको रुपमा व्याख्या गरेका छन्। र, उक्त कठिन समयमा सहकार्य गर्ने आर्सनललाई पनि धन्यवाद दिएका छन्।

‘मैले क्लब र समर्थकलाई पनि धन्यवाद भन्नैपर्छ,’ उनले थपे। गएरातिको खेलमा उनले आफ्नो पहिलो गोल खेलको १४ औं मिनेटमा गरेका थिए। ४१ औैं मिनेटमा पेनाल्टीको अवसर पाएपछि उनले व्यक्तिगत दोस्रो गोल गरे।

Laxmi sunrise bank
kumari

सुरुबाटै लिड्सलाई दबाबमा राख्न सफल आर्सनलका तर्फबाट राइट ब्याक हेक्टर बेलेरिनले पहिलो हाफको अन्तिम मिनेटमा तेस्रो गोल गरे।

पहिलो हाफमै ३–० को अग्रता बनाएको आर्सनलले दोस्रो हाफमा एक गोल थप्दै दुई गोलको सामना गर्‍याे।

ओबामियाङले ४७ औं मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरेर ४–० गोलको अग्रता बनाए भने लिड्सका पास्कल स्ट्रुजिक र हेल्दर कोस्टाले सान्त्वना गोल फर्काए।

यससँगै आर्सनलले ४–२ गोलको जित निकाल्यो। जितसँगै ३४ अंक बनाएको आर्सनल १० औं स्थानमा छ भने लिड्स युनाइटेड ३२ अंकका साथ ११ औं स्थानमा छ।

प्रकाशित: Feb 15, 2021| 01:58 सोमबार, फागुन ३, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।