शनिबार, असार २७, २०८३

उपाधि होडबाट भाग्दैनौँ, सिटीलाई दबाब दिन्छौं : सोल्सायर

आइतबार रातिको खेलमा म्यानचेस्टर युनाइटेड कमजोर प्रदर्शन गर्दै बराबरीमा रोकिए पनि प्रशिक्षक ओले गनर सोल्सायरले उपाधि दाबेदारीबाट टाढा नभएको बताएका छन्।
 |  सोमबार, फागुन ३, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, फागुन ३, २०७७

काठमाडौं – आइतबार रातिको खेलमा म्यानचेस्टर युनाइटेड कमजोर प्रदर्शन गर्दै बराबरीमा रोकिए पनि प्रशिक्षक ओले गनर सोल्सायरले उपाधि दाबेदारीबाट टाढा नभएको बताएका छन्।

लामो समयपछि इंग्लिस प्रिमियर लिग (ईपीएल)को शीर्षस्थानमा रहन पाएको युनाइटेडले पछिल्ला केही खेलमा उत्कृष्ट प्रदर्शन गर्न सकेको छैन।

यता लिगलिडर म्यानचेस्टर सिटीले भने लगातार १५ खेलमा जित निकालेर उपाधिका लागि तीव्र गतिमा अघि बढिरहेको छ।

यसकारण युनाइटेडको पनि गति बढाउनु आवश्यक रहेको सोल्सायरको बुझाइ छ। उनी भन्छन्, ‘हामी सिटीलाई धेरै अघि बढ्न दिने छैनौं।’

तर, गएरातिको खेलमा कमजोर प्रदर्शन गर्दै युनाइटेडले रेलिगेसन जोनको टिम वेस्ट ब्रुमसँग १–१ बराबरी खेल्यो।

दोस्रोे मिनेटमै एक गोलपछि परेको अवस्थाबाट ४४ औं मिनेटमा युनाइटेडले बराबरी बनाएको थियो।

बराबरीका लागि डिफेन्डर लुके शको पासमा ब्रुनो फर्नान्डेसले गोल गरेपछि पहिलो हाफमा खेल बराबरी भयो।

तर, दोस्रो हाफमा युनाइटेडले कुनै गोल थप्न सकेन। यद्यपि युनाइटेडले सिटीमाथि दबाब बनाउनुपर्ने सोल्सायर बताउँछन्। ‘हामीले सिटीमाथि दबाब बनाउनुपर्छ। यसका लागि हामीले तयारी गर्नुपर्ने र जित निकाल्नुपर्ने छ। सिटी राम्रो फर्ममा भएकाले हामी र लेस्टरले उसको फाइटलाई कठिन बनाउन सकिन्छ।’

त्यस्तै युनाइटेडको कप्तान ह्यारी म्यागुरीले युनाइटेड अझै उपाधि दाबेदारकै रेसमा रहेको बताएका छन्। ‘हामीले खेलमा फर्किएर अर्को र अर्को उपाधि जित्नुपर्ने छ,’ म्यागुरीले भने।

ईपीएल अंकतालिकामा म्यानचेस्टर सिटी २३ खेलबाट ५३ अंकका साथ शीर्षस्थानमा छ भने युनाइटेड २४ खेलबाट ४६ अंकका साथ दोस्रो स्थानमा छ।

समान ४६ अंक रहेको लेस्टर गोलअन्तरले पछि पर्दै तेस्रो स्थानमा छ।
 

प्रकाशित: Feb 15, 2021| 01:29 सोमबार, फागुन ३, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।