शनिबार, असार २७, २०८३

आर्मीले जित्यो सहाना प्रधान स्मृति महिला हक्कीको उपाधि

तेस्रो सहना प्रधान स्मृति महिला हक्की प्रतियोगिताको उपाधि नेपाल आर्मीले जितेको छ।
 |  आइतबार, फागुन २, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, फागुन २, २०७७

काठमाडौं- तेस्रो सहना प्रधान स्मृति महिला हक्की प्रतियोगिताको उपाधि नेपाल आर्मीले जितेको छ।

आइतबार कञ्चनपुरको महेन्द्रनगरमा भएको प्रतियोगिताको फाइनल सरहको खेलमा आर्मीले सुदूरपश्चिम प्रदेशलाई २–० गोलले पराजित गर्‍यो।

निलिमा पाण्डेले ३९ औं र ५६ औं मिनेटमा गोल गरिन्। ५ टिम सहभागी राउन्ड रोविन लिगका आधारमा भएको प्रतियोगितामा आर्मीले शतप्रतिशत जित निकाल्दै च्याम्पियन बनेको हो।

आर्मीले सर्वाधिक १२ अंक जोड्यो। ४ खेलमा ३ मा जित र १ मा हार व्यहोरेको सुदूरपश्चिम ९ अंकसहित दोस्रो भयो।

नेपाल हक्की संघद्वारा आयोजित प्रतियोगितामा समान २–२ मा जित/हार निकालेको प्रदेश २ ६ अंकसाथ तेस्रो स्थानमा रह्यो। शीर्ष तीन स्थान हात पार्ने टोली क्रमशः ५० हजार, ३० हजार र १५ हजार नगद पुरस्कार पाए।
सान्त्वना जित निकालेको गण्डकी प्रदेश चौथो भयो।

आइतबारै गण्डकीले प्रदेश १ लाई २–० ले हराउदै खाता खोल्ने औपचारिक पूरा गर्‍यो। जितमा दुवै गोल सोनु बरालले क्रमशः २५ औं र ३६ औं मिनेटमा गरिन्।

३ मा हार र १ मा जित आत्मासात् गरेको गण्डकीले ३ अंक जोड्यो। सबै ४ खेल गुमाएको प्रदेश १ अंकविहीन बन्दै पुछारमा  रह्यो।

सुदूरपश्चिमकी लक्ष्मी बम प्रतियोगिताकै सर्वोत्कृष्ट खेलाडी घोषित भइन्। प्रतियोगिता अवधिभर ८ गोल गरेकी आर्मीकी निलिमा पाण्डे सर्वाधिक स्कोरकर्ताको सूचीमा शीर्ष स्थानमा रहिन्।

सुदूरपश्चिमकी ममता भट्ट उदीयमान खेलाडी चुनिइन्। गण्डकीकी प्रेमा परियार उत्कृष्ट गोलरक्षक बनिन्। चारैले जनही ५ हजारका दरले नगद पुरस्कार प्राप्त गरे।

विजेतालाई सुदूरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्री कृष्णराज सुवेदीलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे।

प्रकाशित: Feb 14, 2021| 13:40 आइतबार, फागुन २, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।