शनिबार, असार २७, २०८३
  • गृहपृष्ठ
  • खेलकुद
  • राखेपद्वारा विभिन्न जिल्लामा पूर्वाधार निर्माणका लागि सम्झौता

राखेपद्वारा विभिन्न जिल्लामा पूर्वाधार निर्माणका लागि सम्झौता

राष्ट्रिय खेलकुद परिषद् राखेपले विभिन्न जिल्लामा ९ वटा पूर्वाधार निर्माण गर्ने सम्बन्धमा स्थानीय उपभोक्ता समितिसँग १ करोड ९५ लाख बराबरको सम्झौता गरेको छ।
 |  आइतबार, फागुन २, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, फागुन २, २०७७

काठमाडौं- राष्ट्रिय खेलकुद परिषद् राखेपले विभिन्न जिल्लामा ९ वटा पूर्वाधार निर्माण गर्ने सम्बन्धमा स्थानीय उपभोक्ता समितिसँग १ करोड ९५ लाख बराबरको सम्झौता गरेको छ।

गण्डकी प्रदेशस्तरीय खेलकुद अभिमुखीकरण कार्यक्रमको शिलशिलामा पोखरामा राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव रमेशकुमार सिलवाल र सम्बन्धित उपभोक्ता समितिबीच सम्झौता भएको छ। 

पोखराको जेष्ठ नागरिक बहुउद्देश्यीय कभर्डहल निर्माणका लागि राखेपले ५० लाख उपलब्ध गराउने भएको छ। ५५ लाख ६३ हजार ८६ रुपयाँ ९० पैसा लाग्ने लागत इष्टिमेट रहेकोमा बाँकी रकम समितिले ब्यहोनुपर्ने सम्झौतामा उल्लेख छ। 

त्यस्तै लमजुङको राईनस नपा–६ स्थित गौलीटार रंगशाला निर्माणका लागि राखेपले ५० लाख उपलब्ध गराउने भएको छ। ५५ लाख ९२ हजार १६१ रुपयाँ लाग्ने लागत इष्टिमेट रहेकोमा बाँकी रकम समितिले ब्यहोनुपर्ने सम्झौतामा उल्लेख छ। 

त्यसैगरी राखेपले लमजुङ कभर्डहल निर्माणका लागि १० लाख, म्याग्दीको बेनी रंगशाला निर्माणका लागि १० लाख, पर्वतको कुश्मा कभर्डहल निर्माणका लागि १० लाख, तनहुँको चिन्टुटार रंगशाला निर्माणका लागि १० लाख, म्याग्दीको बेनी नपास्थित रत्नेचौर बहुउद्देश्यीय खेलमैदानका लागि १० लाख, बाग्लुङमा मदन भण्डारी कभर्डहल निर्माणका लागि १० लाख र गोरखा रंगशाला स्तरोन्नतिका लागि १० लाख रुपैयाँ उपलब्ध गराउने भएको छ।

राखेपका सदस्य सचिव सिलवाल र सम्बन्धित उपभोक्ता समितिसँग आइतबार नै सम्झौता भएको छ। सम्झौतामा उल्लेख भएअनुसार सम्बन्धित उपभोक्ता समितिले तोकिएको काम २०७८ बैशाख मसान्तभित्र सम्पन्न गरिसक्नु पर्नेछ।

प्रकाशित: Feb 14, 2021| 13:23 आइतबार, फागुन २, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।