बिहीबार, फागुन २८, २०८२

हिमताल फुटेर आएको बाढीमा बेपत्तामध्ये ४६ जनाको शव फेला

भारतको उत्तराखण्डमा हिमताल फुटेर आएको बाढीमा परी बेपत्ता भएकामध्ये ४६ जनाको शव फेला परेको छ।
 |  आइतबार, फागुन २, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, फागुन २, २०७७

एजेन्सी- भारतको उत्तराखण्डमा हिमताल फुटेर आएको बाढीमा परी बेपत्ता भएकामध्ये ४६ जनाको शव फेला परेको छ।

National life

भारतीय समाचार एजेन्सी पीटीआईका अनुसार आज (आइतबार) थप ८ जनाको शव भेटिएसँगै हालसम्म शव भेटिनेको संख्या ४८ पुगेको छ।

जिल्ला प्रशासन कार्यालय चमोलीले तपोवन जलविद्युत परियोजनाको सुरुङबाट थप ८ जनाको शव निकालिएको जानकारी दिएको छ।

आजसम्म भेटिएका शवमध्ये १५ जनाको पहिचान भएको जनाइएको छ।

स्थानीय सञ्चारमाध्यमरुले अन्य १२ जनाको शव भेटिएको समाचार प्रकाशित गरे पनि प्रशासनले पुष्टि नगरेको बीबीसी हिन्दीले जनाएको छ।

Laxmi sunrise bank
kumari

उत्तराखण्डका डीजीपी अशोक कुमारका अनुसार तपोवन सुरुङमा उद्धार कार्य लगातार जारी रहेको छ।

हिमताल फुटेर धौलीगंगा र अलकानन्द नदीमा आएको बाढीमा परी झण्डै १६० जना बेपत्ता भएको बताइएको छ। घटनमा परी बेपत्ता र मृत्यु हुनेमा नेपाली कामदार पनि छन्।

प्रकाशित: Feb 14, 2021| 12:21 आइतबार, फागुन २, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।