शनिबार, असार २७, २०८३

रश्मीको ह्याट्रिकमा आर्मीको सहज जित

चन्द्रपुर नगरपालिकाविरुद्ध विभागीय क्लब त्रिभुवन आर्मी क्लबले जारी महिला लिगमा सहज जित निकालेको छ।
 |  आइतबार, फागुन २, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, फागुन २, २०७७

काठमाडौं– चन्द्रपुर नगरपालिकाविरुद्ध विभागीय क्लब त्रिभुवन आर्मी क्लबले जारी महिला लिगमा सहज जित निकालेको छ। सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा सम्पन्न खेलमा आर्मीले चन्द्रपुरलाई एकका विरुद्ध छ गोलले हराएको हो।

आर्मीको जितका लागि रश्मी घिसिङले ह्याट्रिकसहित चार गोल गरिन् भने विमला चौधरीले दोहोरो गोल गरिन्।

खेलको दशौं मिनेटमै गोल गर्दै घिसिङले आर्मीलाई सुरुआती अग्रता दिलाएकी थिइन्। त्यस्तै उनले नै २१ औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गरेर टिमलाई २–० को अग्रतामा पुर्याइन्।

त्यसको दुई मिनेट लगत्तै मिडफिल्डर चौधरीले लेफ्ट कर्नरबाट गोल गर्दै आर्मीको अग्रतालाई ३–०मा पुर्याएकी थिइन्।

तर, पहिलो हाफको इन्ज्युरी समयमा चन्द्रपुरकी रजनी थोकरले गोल गरेपछि पहिलो हाफको नजिता ३–१ गोल भएको थियो।

त्यस्तै, दोस्रो हाफमा आर्मीले तीन गोल थप्यो। पेनाल्टीमा पाएको अवसरको सदुपयोग गर्दै घिसिङले ५० औं मिनेटमा ह्याट्रिक गरिन्।

त्यसपछि पनि आर्मीको गोल स्कोरिङ भने रोकिएन। ५६ औं मिनेटमा चौधरीले दोस्रो गोल गरिन् भने ६१ औं मिनेटमा रश्मीले डिबक्स बाहिरबाटै गोल गरिन्।

यससँगै ६–१ गोलअन्तरले अघि रहेको आर्मीले सोहि नतिजाका साथ जित निकाल्यो। चन्द्रपुरविरुद्धको खेलमा दुई गोल गरेकी विमला चौधरी उत्कृष्ट खेलाडी बनेकी छन्। जितसँगै आर्मी लिगको दोस्रो स्थानमा कायम छ।

प्रकाशित: Feb 14, 2021| 10:28 आइतबार, फागुन २, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।