शनिबार, असार २७, २०८३

रविचन्द्र चम्किँदा सस्तैमा समेटियो इंग्ल्यान्ड

इंग्ल्यान्डका डोन सिब्ले, जोय रुट, बेन स्टोक्सलगायत खेलाडीले उत्कृष्ट प्रदर्शन गर्न नसकेपछि इन्डिया भ्रमणमा रहेको टिम दोस्रो टेस्टको पहिलो इनिङमा सस्तैमा समेटिएको छ।
 |  आइतबार, फागुन २, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, फागुन २, २०७७

काठमाडौं– इंग्ल्यान्डका डोन सिब्ले, जोय रुट, बेन स्टोक्सलगायत खेलाडीले उत्कृष्ट प्रदर्शन गर्न नसकेपछि इन्डिया भ्रमणमा रहेको टिम दोस्रो टेस्टको पहिलो इनिङमा सस्तैमा समेटिएको छ।

चेन्नईको चिदम्बरम् रंगशालामा जारी खेलमा टस हारेर पहिले बलिङको अवसर पाएको इंग्यान्डले इन्डियालाई ३२९ रनमा मात्र रोक्न सकेको थियो।

तर जवाफी ब्याटिङमा आएको इंग्ल्यान्डले  ५९ ओभर पाँच बलमा १३४ रनमात्र बनाउन सक्यो। इंग्ल्यान्डका लागि ब्यान फोक्सले सर्वाधिक ४२ रन बनाए भने अन्य खेलाडीले सम्झनलायक प्रदर्शन गरेनन्।

यता घरेलु टिमका लागि भने रविचन्द्र अश्विनले पाँच विकेट गिराए भने इशान्त शर्मा र अक्षर पटेलले समान २–२ विकेट लिए। एक विकेट लिनेमा मोहम्मद सिरज रहे।

यता इन्डियाको पहिलो इनिङमा रोहित शर्माले १६१ रनको शतकिय इनिङ खेलेका थिए। त्यस्तै इंग्ल्यान्डका मोइन अलिले सर्वाधिक चार विकेट लिएका थिए।

टेस्ट शृंखलाको पहिलो टेस्टमा पाहुना टिमले २२७ रनको जित निकालेको थियो।
 

प्रकाशित: Feb 14, 2021| 10:07 आइतबार, फागुन २, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।