शनिबार, असार २७, २०८३

नाओमी ओसाका अष्ट्रेलियन ओपनको अन्तिम आठमा

जापानी खेलाडी नाओमी ओसाका जारी अष्ट्रेलियन ओपनको क्वार्टरफाइनलमा प्रवेश गरेकी छन्।
 |  आइतबार, फागुन २, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, फागुन २, २०७७

काठमाडौं- जापानी खेलाडी नाओमी ओसाका जारी अष्ट्रेलियन ओपनको क्वार्टरफाइनलमा प्रवेश गरेकी छन्। उनले गाविनिआई मुगुरुजालाई हराउँदै अष्ट्रेलियन ओपनको अन्तिम आठमा प्रवेश गरेकी हुन्।

ओसाकाले पहिलो सेटमा मुगुरुजासँग हार बेहोरे पनि दोस्रो र तेस्रो सेटमा जित निकाल्दै अन्तिम आठमा स्थान बनाउन सफल बनिन्।
यससँगै ओसाकाले अष्ट्रेलियन ओपनका पछिल्ला चार खेलमा लगातार जित निकालेकी छन्। चौथो जित निकाल्ने क्रममा उनले पूर्व विश्व नम्बर एक मुगुरुजालाई ४–६, ६–४ र ७–५ को सेटमा हराइन्।

त्यस्तै अर्की उपाधि दाबेदार सेरेना विलियम्स पनि बेलारुसियन अर्यना सबलेन्कालाई हराउँदै क्वार्टरफाइनलमा प्रवेश गरेकी छन्।
उनले दोस्रो खेलमा पराजय भोगे पनि तेस्रो खेलमा पुनरागनमन गर्दै ६–४, २–६ र ६–४ को जित निकालेकी हुन्।

प्रतिस्पर्धात्मक अन्तिम खेलमा अमेरिकी खेलाडीले ४–१ को सेटले पछि परेको अवस्थामा २२ वर्षे सबलेन्कासँग ४–४ को बराबरी गरेकी थिइन्।

आजको जितसँगै उनको २४ औं ग्राण्डस्लम विजेता हुने आशा कायमै छ। ‘आजको धेरै अप्ठ्यारो खेलमा खेलमा जित निकाल्नु सरल थिएन,’ ३८ वर्षे सेरेनाले खेलपछि भनिन्।

अब उनले क्वार्टरफाइनलमा सिमोना हालेप र इगा स्विटेकको विजेतासँग प्रतिस्पर्धा गर्नेछन्।

त्यस्तै, ओसाकाले सेमिफाइनलका लागि हेज सू वाईसँग प्रतिस्पर्धा गर्नेछन्।

यता पुरुषतर्फको खेलमा यूएस ओपन विजेता तथा अष्ट्रेलियन ओपनको पूर्व उपविजवेता डोमिनिक थिमलाई ग्रेगर दिमित्रिभले हराएका छन्।

बुल्गेरियन दिमित्रिभ थिमविरुद्ध ६–४, ६–४ र ६–० को सेटमा जित निकाल्दै ओपनको क्वार्टरफाइनलमा प्रवेश गरेका छन्।

प्रकाशित: Feb 14, 2021| 08:26 आइतबार, फागुन २, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।