शनिबार, असार २७, २०८३
  • गृहपृष्ठ
  • खेलकुद
  • ‘गुन्डोगन स्ट्राइकरको रुपमा खेल्न सक्छन् भन्दा मान्छे हाँस्थे’

‘गुन्डोगन स्ट्राइकरको रुपमा खेल्न सक्छन् भन्दा मान्छे हाँस्थे’

सिजन सुरु हुँदै गर्दा म्यानचेस्टर सिटीका खेलाडीले वर्षका उत्कृष्ट खेलाडीको अवार्ड पाउँछन् भनेर कसैले भनेको थियो भने त्यो सूचीमा गुन्डोगन पर्लान् भन्ने सोच कसैको थियो।
 |  आइतबार, फागुन २, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, फागुन २, २०७७

काडमाठौं– सिजन सुरु हुँदै गर्दा म्यानचेस्टर सिटीका खेलाडीले वर्षका उत्कृष्ट खेलाडीको अवार्ड पाउँछन् भनेर कसैले भनेको थियो भने त्यो सूचीमा गुन्डोगन पर्लान् भन्ने सोच कसैको थियो।

तर, प्रियिमर लिगमा लगातारको प्रदर्शनका कारण सिटीका मिडफिल्डर इलके गुन्डोगन अहिले विश्व फुटबलमा चर्चाको शिखरमा छन्। गएराति टोटेनहमविरुद्ध ३–० गोलअन्तरको जित निकालेसँगै सिटीले शीर्षस्थानमा सात अंकको अग्रता बनाउँदा गुन्डोगनले दुई गोल गरे।

शनिबार रातिको खेलमा दुई गोल गरेसँगै जारी सिजनको प्रिमियर लिगमा मात्र जर्मन मिडफिल्डरले ११ गोल गरिसकेका छन्। यतिमात्र होइन, उनले त टोटेनहमविरुद्ध पेनाल्टी पनि पाए जसलाई रोड्रीले गोलमा परिणत गराइदिए।

‘खेल हेर्दा लाग्छ गुन्डोगनले म्यानचेस्टर सिटीलाई लिगको उपाधिसम्म लैजाने छन्,’ लिभरपुलका पूर्व डिफेन्डर ज्यामी क्याराघर भन्छन्, ‘मलाई लाग्छ उनी उत्कृष्ट खेलाडी घोषित हुनेछन्।’

नयाँ वर्ष लागेयता गुन्डोगनले युरोपियन शीर्ष डिभिजनमा अन्य खेलाडीभन्दा धेरै गोल गरेका छन्। यो वर्ष ९ प्रिमियर लिग गोल गरेका छन्। जहाँ पछिल्लो पाँच खेलमा मात्र ६ गोल गरेका छन्।

तर चोटले सताइएका कारण उनी आउँदो बुधबार इभर्टनविरुद्धको खेलमा देखिने हुन् वा होइनन् भन्ने यकिन छैन। तर जब उनले ६९ औं मिनेटमा मैदान छोडे, टिमलाई दुई गोल गरिसकेका थिए।

‘मैले धेरैपटक भनिसकेको छु। गुन्डोगनले स्ट्राइकरका रुपमा पनि खेल्न सक्नेछन्। तर त्यो भन्दा मान्छे हाँसे,’ सिटीका प्रशिक्षक ग्वार्डिओलाले खेलपछि भने, ‘म बुझ्छु, किनभने उनले यहाँ त्यस्तो चमत्कार गरेका थिएनन्। तर उनी गोलसँग कसरी अघि बढ्ने भन्ने कुरा बुझ्छन्।’

उनी जनवरीमा सिटीका उत्कृष्ट खेलाडी भए। उनले यो लय कायम राख्न सके फेब्रुअरीमा पनि हुने ग्वार्डिओला बताउँछन्। गुन्डोगनले किन धेरै गोल गरिरहेका छन् त ? जवाफमा ग्वार्डिओला भन्छन्, ‘उनी बक्सको नजिकमा रहेर खेलिरहेका छन्।’

गुन्डोगनले जारी सिजनका सबै खेलमा १३ गोल गरेका छन् भने दुई एसिस्ट गरेका छन्।

प्रकाशित: Feb 14, 2021| 07:14 आइतबार, फागुन २, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।