शनिबार, असार २७, २०८३

रोहितको शतकमा इन्डियाले दियो प्रतिस्पर्धात्मक लक्ष्य

जारी इन्डिया–इंग्ल्यान्ड टेस्ट सिरिजअन्तर्गत दोस्रो खेलको पहिलो इनिङमा इन्डिया ३२९ रन बनाउँदै अलआउट भएको छ।
 |  आइतबार, फागुन २, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, फागुन २, २०७७

काठमाडौं - जारी इन्डिया–इंग्ल्यान्ड टेस्ट सिरिजअन्तर्गत दोस्रो खेलको पहिलो इनिङमा इन्डिया ३२९ रन बनाउँदै अलआउट भएको छ।

चेन्नईको चिदम्बरम् रंगशालामा टस जितेर ब्याटिङ रोजेको इन्डियाले ९५ ओभर पाँच बल खेल्दै पाहुना टिम इंग्ल्यान्डलाई प्रतिस्पर्धात्मक लक्ष्य प्रस्तुत गरेको हो।

इन्डियाका लागि ओपनर रोहित शर्माले सर्वाधिक १६१ रनको शतकीय पारि खेले भने अर्का ओपनर शुभमन गिल शून्य रनमा आउट भए।

त्यस्तै अजिंक्य रहाणेले ६७ र ऋषभ पन्तले अविजित ५८ रन बनाए। इन्डियाका लागि चेतेश्वर पुजराले २१ रन बनाउनुबाहेक अन्य खेलाडीले सम्झनलायक प्रदर्शन गरेनन्।

यता शून्य रनमै आउट हुनेमा कप्तान विराट कोहली, इशान्त शर्मा र कुलदीप यादवसमेत रहे।

बलिङतर्फ इंग्ल्यान्डका माइन अली, ओल्ली स्टोन्स, ज्याक लित र जोय रुटले क्रमशः ४, ३, २ र १ विकेट गिराए।

जारी टेस्ट अन्तर्गतको पहिलो खेलमा पाहुना टिम इंग्ल्यान्डले २२७ रनको जित निकालेको थियो।

प्रकाशित: Feb 14, 2021| 05:05 आइतबार, फागुन २, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।