शनिबार, असार २७, २०८३

महिला लिगमा चन्द्रपुर र आर्मी भिड्दै

राष्ट्रिय महिला लिगअन्तर्गत आज (आइतबार)को खेलमा चन्द्रपुर नगरपालिका र विभागीय टिम त्रिभुवन आर्मी फुटबल क्लब भिड्दैछन्।
 |  आइतबार, फागुन २, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, फागुन २, २०७७

काठमाडौंं – राष्ट्रिय महिला लिगअन्तर्गत आज (आइतबार)को खेलमा चन्द्रपुर नगरपालिका र विभागीय टिम त्रिभुवन आर्मी फुटबल क्लब भिड्दैछन्।

सातदोबोटोस्थित एन्फा कम्प्लेक्समा आर्मी र चन्द्रपुरको खेल दिउँसो २ बजे सुरु हुनेछ।

आजको खेलमा जित निकाल्दै आर्मी शीर्षस्थानको एपीएफसँग अंक दूरी घटाउने दाउमा हुनेछ भने चन्द्रपुर अंक सुधार गर्ने दाउमा हुनेछ।

पहिलो लेगको खेलमा आर्मीकी शर्मिला थापा र रश्मी घिसिङले समान ४÷४ गोल गरेपछि आर्मीले चन्द्रपुरविरुद्ध १०-० गोलको जित निकालेको थियो। सो जितका साथ आर्मी दोस्रो स्थानमा उक्लिएको थियो।

उपाधि दाबेदारका रूपमा रहेको आर्मीले लगातार जित निकालिरहेको छ भने चन्द्रपुरले जितको लय समाउन सकेको छैन।

प्रकाशित: Feb 14, 2021| 03:25 आइतबार, फागुन २, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।