शनिबार, असार २७, २०८३

राष्ट्रिय क्रिकेट टिमको दोस्रो चरणको बन्द प्रशिक्षण आजबाट

 |  आइतबार, फागुन २, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, फागुन २, २०७७

काठमाडौं– नेपाल क्रिकेट संघ(क्यान)ले आज(आइतबार)बाट राष्ट्रिय क्रिकेट टिमको दोस्रो चरणको बन्द प्रशिक्षण सुरु गर्दैछ।  

पहिलो चरणको प्रशिक्षणमा २१ खेलाडी बोलाएर बन्द प्रशिक्षण सुरु गरेको क्यानले आजबाट दोस्रो चरणको अभ्यास सुरु गर्न लागेको हो। 

पहिलो र दोस्रो चरणको प्रशिक्षणका लागि क्यानले पहिले ३२ खेलाडीलाई बेलाएको थियो। जसमा २१ खेलाडी पहिलो चरणमा समावेश गराइएको थियो भने दोस्रो चरणका लागि ११ सिनियर खेलाडीको छनोट गरेर बोलाइएको हो। 

पहिलो चरणमा समावेश भएका खेलाडीबाट क्यानको छनोट समितिले नौ खेलाडी छनोट गरेर दोस्रो चरणका लागि २० खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएको छ।

सोही २० खेलाडीको बन्द प्रशिक्षण आजबाट कीर्तिपुरस्थित टियू मैदानमा सुरु भएको हो।

प्रशिक्षणका लागि सुरुमा बोलाइएका आरिफ शेख चोटका कारण रेस्टमा रहेकाले सो स्थानमा बसन्त रेग्मीलाई बोलाइएको क्यानले बताएको छ।

तर, नेपाली राष्ट्रिय टोलीले आगामी मार्चमा खेल्ने लिग २ अन्तर्गतको अमेरिका, ओमन र नेपाल सिरिज भने स्थगित भएको छ। 

अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिलले भ्रमण अवरोधका कारण प्रतियोगिता स्थिगित गराएको हो।

 प्रशिक्षणमा सम्मिलित खेलाडी

पारख खड्का, ज्ञानेन्द्र मल्ल, सन्दिप लामिछाने, सोमपाल कामी, करण केसी, कुसल मल्ल, दिपेन्द्र सिंह ऐरी, शरद भेषाकवर, अभिनास बोहरा, कमलसिंह ऐरी, आसिफ शेख, शुसन भारी, कुशल भुर्तेल, ललित राजवंशी, बिक्रम शोब, सन्दिप जोरा, पृथु बास्कोटा, सहबाब आजम र बसन्त रेग्मी
 

प्रकाशित: Feb 14, 2021| 03:03 आइतबार, फागुन २, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।