शनिबार, असार २७, २०८३

सिरी ए : युभेन्टस र एसी मिलान पराजित

इटालियन शीर्ष फुटबल लिग सिरी एको शनिबार राति सम्पन्न खेलमा साविक विजेता युभेन्टस र लिगलिडर एसी मिलान पाराजित भएका छन्।
 |  आइतबार, फागुन २, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, फागुन २, २०७७

काठमाडौं- इटालियन शीर्ष फुटबल लिग सिरी एको शनिबार राति सम्पन्न खेलमा साविक विजेता युभेन्टस र लिगलिडर एसी मिलान पाराजित भएका छन्।

नापोलीको सन पावलो रंगशालामा शनिबार राति सम्पन्न खेलमा लोरेन्जो इन्सिग्नले पेनाल्टीमार्फत् एकमात्र गोल गर्दा नापोलीले जित निकालेको थियो।

खेलको ३१ औं मिनेटमा नापोलीले पेनाल्टी पाएपछि सो अवसर सदुपयोग गर्दै लोरेन्जोले निर्णायक गोल गरे।

एक गोलले पराजित भएसँगै ४२ अंकमा अड्किएको युभेन्टस शीर्षस्थानको एसी मिलानभन्दा सात अंक पछि छ।

त्यस्तै दोस्रो स्थानको इन्टर मिलानभन्दा पाँच अंक पछि छ। त्यस्तै नापोली ४० अंंकका साच चौथो स्थानको दौडमा छ।

यता शीर्षस्थानको मिलना स्पेजियासँग २–० गोलले पराजित भएको छ। गएरातिको खेलमा अप्रत्यासित पराजित भएसँगै उसले शीर्षस्थानमा पाँच अंकको अग्रता बनाउने अवसर गुमाएको छ।
 

प्रकाशित: Feb 14, 2021| 02:55 आइतबार, फागुन २, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।