शनिबार, असार २७, २०८३

हाल्यान्ड र सान्चेले गोल गरेको खेलमा डर्टमन्डको बराबरी

डर्टमन्डको घरेलु मैदानमा सम्पन्न खेलमा सुरुआती अग्रता जोगाउन नसक्दा डर्टमन्ड बराबरीमा रोकिन पुगेको हो।
 |  आइतबार, फागुन २, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, फागुन २, २०७७

काठमाडौं – बुन्डेसलिगाअन्तर्गत शनिबार राति सम्पन्न खेलमा बोरुसिया डर्टमन्ड र होफेनहाइम बराबरीमा रोकिएका छन्।

डर्टमन्डको घरेलु मैदानमा सम्पन्न खेलमा सुरुआती अग्रता जोगाउन नसक्दा डर्टमन्ड बराबरीमा रोकिन पुगेको हो।

प्रतिस्पर्धात्मक खेलमा बराबरी नतिजा बनाउने क्रममा डर्टमन्डको जाडन सान्चे र इर्लिङ ब्रुट हाल्यान्डले गोल गरे भने होफेनहाइमका मुनस डव्बर र इल्हास बेबोउले गोल गरे।

खेलको २४ औं मिनेटमा सान्चेले गोल गर्दै बनाएको अग्रता ३१ औं मिनेटमा डव्बरले तोडेका थिए। यससँगै पहिलो हाफको खेल १–१ गोलअन्तरमा रोकियो।

दोस्रो हाफको ५१ औं मिनेटमा होफेनहाइमका बेबोउले बनाएको अग्रता ८१ औं मिनेटमा हाल्यान्डले तोडेपछि खेल पुनः बराबरीमा पुगेको थियो।

२–२ गोलको बराबरी भएपछि दुवै टिमले समान १–१ अंक बाँडेका छन्। 

यससँगै ३३ अंक बनाएर छैटौं स्थानमा रहेको डर्टमन्डले पछिल्ला ६ खेलमा एकमात्र जित निकालेको छ।

यता होफेनहाइम भने २३ अंकका साथ १२ औं स्थानमा छ।

गएराति सम्पन्न बुन्डेसलिगाका अन्य खेलमा लेभरकुसनले पनि माइन्जसँग २–२ गोलको बराबरी खेलेको छ भने भीएफबी सुटरगार्टले १–१ गोलको बराबरी खेलेको छ।

त्यस्तै, वेर्डर–फ्रिबर्ग र बर्लिन–साल्केले भने गोलरहित बराबरी खेलेरमा समान १–१ अंक जोडेका छन्।

प्रकाशित: Feb 14, 2021| 01:54 आइतबार, फागुन २, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।