आइतबार, चैत १, २०८२

मेस्सी चम्किएको खेलमा बार्सिलोनाको सानदार जित

बार्सिलोनालाई फराकिलो जित दिलाउने क्रममा प्लेमेकर लियोनेल मेस्सी र फ्रान्सिस्को ट्रिनाकोले दोहोरो गोल गरेका छन्।
 |  आइतबार, फागुन २, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, फागुन २, २०७७

काठमाडौं–बार्सिलोनालाई फराकिलो जित दिलाउने क्रममा प्लेमेकर लियोनेल मेस्सी र फ्रान्सिस्को ट्रिनाकोले दोहोरो गोल गरेका छन्।

National life

शनिबार राति सम्पन्न खेलमा अलाभेसविरुद्ध ५–१ गोलको जित निकाल्ने क्रममा मेस्सीले दोहोरो गोलसहित एक एसिस्ट प्रदान गरे।

क्याम्प नाउमा सम्पन्न खेलमा बार्सिलोनालाई लगातार छैटौं जित दिलाउन मेस्सी, ट्रिनाकोसँगै जुनियर फिर्पोले गोल गरेका थिए।

खेलको २९ औं मिनेटमा गोल गर्दै ट्रिनाकोले सुरुआति अग्रता बनाए। त्यस्तै पहिलो हाफको इन्ज्युरी समयमा मेस्सीले पहिलो गोल गरे। मेस्सीको गोलसँगै पहिलो हाफमा बार्सिलोना दुई गोलले अघि रह्यो।

दुई गोलले पछि परेको अवस्थामा पनि सहज सुरुआत गरेको अलाभेसले ५७ औं मिनेटमा गोल गर्दै खेलमा फर्कन चाहे पनि सकेन्। बरु ७४ औं मिनेटमा ट्रिनाकोले र ७५ औं मिनेटमा मेस्सीले व्यक्तिगत दोस्रो गोल थपे।

Laxmi sunrise bank
kumari

४–१ गोलले अघि रहेको अवस्थामा फिर्पोले अन्तिम गोल गर्दै नतिजालाई ५–१ गोलअन्तरमा पुर्याएका थिए।

गएरातिको जितसँगै ४६ अंक बनाएको बार्सिलोना तालिकाको दोस्रो स्थानमा छ। यता ५४ अंकका साथ शीर्षस्थानमा रहेको एथ्लेटिको मड्रिडले गएरातिको खेलमा ग्रानाडालाई पराजित गरेको छ।

गएराति बार्सिलोनासँग पराजित अलाभेस २२ अंकका साथ १६ औं स्थानमा छ भने एथ्लेटिकोसँग पराजित ग्रानाडा ३० अंकका साथ आठौं स्थानमा छ।
 

प्रकाशित: Feb 14, 2021| 01:47 आइतबार, फागुन २, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।