शनिबार, असार २७, २०८३

शीर्षस्थानमा फर्कियो पीएसजी

समान ५४ अंकका साथ दोस्रो स्थानमा रहेको लिल्ललाई गोलअन्तरका आधारमा पछि पादै साविक विजेता पेरिस सेन्ट जर्मेन (पीएसजी) लिग १ को शीर्षस्थानमा फर्किएको छ।
 |  आइतबार, फागुन २, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, फागुन २, २०७७

काठमाडौं– समान ५४ अंकका साथ दोस्रो स्थानमा रहेको लिल्ललाई गोलअन्तरका आधारमा पछि पादै साविक विजेता पेरिस सेन्ट जर्मेन (पीएसजी) लिग १ को शीर्षस्थानमा फर्किएको छ।

शनिबार राति सम्पन्न खेलमा उसले निसलाई २–१ गोलअन्तरले हराउँदै शीर्षस्थानमा उक्लिएको हो।

पीएसजीको जितका लागि जुलियन ड्राक्जर र मोइसे किनले समान १–१ गोल गरे। खेलको २२ औं मिनेटमा गोल गर्दै ड्राक्जरले पीएसजीलाई अग्रता दिलाएका थिए।

यससँगै पहिलो हाफमा एक गोलले अघि रहेको पीएसजी दोस्रो हाफको सुरुमै बराबरीमा आएको थियो। खेलको ५० औं मिनेटमा रोनी लोपेजले गोल गरेपछि खेल १–१ को बराबरी भयो।

त्यसपछि प्रतिस्पर्धात्मक बनेको खेलको ७६ औं मिनेटमा गोल गर्दै किनले अग्रता फिर्ता ल्याए। किनको गोलका साथ पीएसजीले २–१ गोलको जित निकाल्यो।

पीएसजी २५ खेलबाट ५४ अंक बनाउँदै शीर्षस्थानमा उक्लिएको हो भने एक खेल कम खेलेको लिल्लको पनि समान ५४ अंक छ।

यता गएराति मोन्टेपिलरसँग आफ्नै मैदानमा हार बेहोरेको लियोन भने ५२ अंकका साथ तेस्रो स्थानमा छ।

पराजित मोन्टेपिलर ३६ अंकका साथ आठौं स्थानमा छ।
 

प्रकाशित: Feb 14, 2021| 01:29 आइतबार, फागुन २, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।