शनिबार, असार २७, २०८३

लिभरपुलको अर्को हार

साविक विजेता लिभरपुलले इंग्लिस प्रिमियर लिग (ईपीएल)मा लगातार तेस्रो हार बेहोरेको छ।
 |  आइतबार, फागुन २, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, फागुन २, २०७७

काठमाडौं– साविक विजेता लिभरपुलले इंग्लिस प्रिमियर लिग (ईपीएल)मा लगातार तेस्रो हार बेहोरेको छ।

लेस्टर सिटीको मैदानमा शनिबार राति सम्पन्न खेलमा लिभरपुल घरेलु टिमसँग ३–१ गोलले पराजित भएको हो।

यससँगै लिभरपुल प्रिमियर लिगका पछिल्ला १० खेलमध्ये आठ खेलमा जितबिहीन बनेको छ। जसमा उसले पाँच हार बेहोरेको छ भने तीन बराबरी खेलेको छ।

खराब दौडमा रहेको लिभरपुलविरुद्ध गएराति लेस्टरका जेम्स मडिसन, जेसम्स बर्डी र हार्भी बर्नेसले समान १–१ गोल गरे।

प्रतिस्पर्धात्मक पहिलो हाफको खेलमा कुनै गोल हुन नसक्दा गोलरहित बराबरी भएको थियो। 

तर ६७ औं मिनेटमा गोलको खाता खोल्दै लिभरपुलमा मोहम्मद सलाहले पाहुना टिमलाई अग्रता दिलाए।

तर उनको अग्रतालाई मडिसनले ७८ औं मिनेटमा तोडे। मडिसनले तोडेको अग्रतालाई निरन्तरता दिँदै लेस्टरका भर्डीले ८१ औं मिनेटमा गोल गर्दै अग्रता आफ्नो पक्षमा पारे।

त्यस्तै, ८५ औं मिनेटमा बर्नेसले गोल गरेपछि भने लेस्टस ३–० गोलको जित निकाल्न सफल बन्यो।

जितसँगै ४६ अंक जोडेको लेस्टर तालिकाको दोस्रो स्थानमा छ। उसले २४ खेलमा १४ जित र चार बराबरीका साथ सो अंक बनाएको हो।

यता जारी लिगमा ६ खेल हारिसकेको लिभरपुल सात बराबरी र ११ जितका साथ चौथो स्थानमा छ।

ऊ ५३ अंकका शीर्षस्थानमा रहेको म्यानचेस्टर सिटीभन्दा १३ अंक पछि छ।

लिभरपुलले सन् २०१४ यता प्रिमियर लिगमा पहिलोपटक लगातार तीन खेलमा हार बेहोरेको छ। 

त्यो बेला अहिलेका लेस्टरका प्रशिक्षक ब्रेन्डन रोजर्सले क्लब सम्हालेका थिए।

त्यस्तै, लिभरपुलका प्रशिक्षक योर्गेन क्लोप ३०० खेलमा सहाभागी लिभरपुलको नवौं प्रशिक्षक बनेका छन्। 

तर प्रशिक्षकको ३०० औं खेलमा लिरभपुलले सन् १९६५ यता हार बोहोरेको थिएन्।
 

प्रकाशित: Feb 14, 2021| 00:58 आइतबार, फागुन २, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।