शनिबार, असार २७, २०८३
  • गृहपृष्ठ
  • खेलकुद
  • टाइगर कप भलिबल : पुरुषको उपाधि गण्डकीलाई, महिलाको उपाधि पुलिसको पोल्टामा

टाइगर कप भलिबल : पुरुषको उपाधि गण्डकीलाई, महिलाको उपाधि पुलिसको पोल्टामा

टाइगर कप आमन्त्रित राष्ट्रिय क्लब भलिबल च्याम्पियनसिप अन्तर्गत पुरुषतर्फको उपाधि गण्डकी प्रदेशले जितेको छ। 
 |  शनिबार, फागुन १, २०७७

नेपाल समय

नेपाल समय

शनिबार, फागुन १, २०७७

पोखरा- टाइगर कप आमन्त्रित राष्ट्रिय क्लब भलिबल च्याम्पियनसिप अन्तर्गत पुरुषतर्फको उपाधि गण्डकी प्रदेशले जितेको छ। 

शनिबार भएको फाइनलमा त्रिभुवन आर्मी क्लबलाई ३–ؘ२ को सेटमा पराजित गर्दै गण्डकी च्याम्पियन बनेको हो। निकै रोमाञ्चक बनेको खेलमा गण्डकी प्रदेशले पहिलो सेट २५–२२ ले जितेको थियो।

दोस्रो सेट २५–२१ ले जित्दै आर्मी खेलमा फर्कियो। तेस्रो सेटमा निकै प्रतिस्पर्धात्मक भयो। उक्त सेटमा गण्डकीले ३२–३० को जित निकाल्यो। २–१ सेटले अगाडि बढेको गण्डकीलाई तेस्रो सेटमा आर्मीले २५–२३ ले पाराजित गर्‍यो। फाइनल सेटमा १५–११ को जित निकाल्दै गण्डकीले उपाधि आफ्नो पक्षमा बनाएको हो। 

उपाधिसँगै गण्डकीले नगद १ लाख ५० हजार रुपैयाँ प्राप्त गरेको छ। उपविजेता आर्मीले ७५ हजारमा चित्त बुझायो। 

महिलातर्फको उपाधि नेपाल पुलिस क्लबले जितेको छ। शनिबार नै भएको फाइनल खेलमा नेपाल पुलिस क्लबले एपिएफलाई ३–० को सोझो सेटमा पराजित गर्दै पुलिस च्याम्पियन बनेको हो। उपाधि जित्ने क्रममा पुलिसले डर्बी क्लब एपिएफमाथि पहिलो सेट २५–२२ ले जितेको थियो। दोस्रो सेट २५–२२ ले पछि पारेको पुलिसले तेस्रो खेल २५–२१ ले हराउँदै उपाधि आफ्नो पोल्टामा पारेको हो। 

उपाधिसँगै पुलिसले पनि १ लाख ५० हजार रुपैयाँसहित सिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ। यस्तै उपविजेता बनेको एपिएफले ७५ हजारमा चित्त बुझायो। टाइगर ग्रुप अफ पोखराको आयोजनामा भएको प्रतियोगितामा महिलातर्फ न्यू डायमन्ड तेस्रो र त्रिभुवन आर्मी क्लब चौथो भएको हो। पुरुषतर्फ नेपाल पुलिस क्लब तेस्रो र एपिएफ चौथो भएको हो। महिला र पुरुष दुवैतर्फ तेस्रो हुनेले समान २५ हजार र चौथो हुने दुवै टिमले समान १५ हजार रुपैयाँ प्राप्त गरे। 
चौधरी र भण्डारी सर्वोत्कृष्ट

टाइगर कप आमन्त्रित राष्ट्रिय क्लब भलिबल च्याम्पियनसिपमा पुरुषतर्फ गण्डकी प्रदेशका घनश्याम चौधरी सर्वोत्कृष्ट खेलाडी घोषित भए। महिलातर्फ नेपाल पुलिसकी उषा भण्डारी सर्वोत्कृष्ट खेलाडी घोषित भएकी थिइन्।

सर्वोत्कृष्ट बनेका चौधरी र भण्डारीले समान २०–२० हजार रुपैयाँ प्राप्त गरे। यस्तै पुरुषको विधागत पुरस्कारतर्फ उत्कृष्ट स्पाइकरमा आर्मीका धनबहादुर भट्ट, आर्मीकै हरि अधिकारी उत्कृष्ट ब्लकर तथा आर्मीकै शरणसामरी क्षेत्री उत्कृष्ट सर्भर चुनिए। गण्डकीका सुजन चोखाल उत्कृष्ट सेटर र गण्डकीकै राजन दर्लामी मगर उत्कृष्ट डिफेन्डर हुँदा गण्डकीका रमेश केसी उत्कृष्ट प्रशिक्षक बने। 

महिलातर्फको विधागत तर्फ एपिएफकी सरस्वती चौधरी उत्कृष्ट स्पाइकर चुनिइन्। एपिएफकै हीरा केसीले उत्कृष्ट ब्लकरको उपाधि हात पारिन्। न्यु डायमन्डकी प्रतिभा माली उत्कृष्ट सर्भर र नेपाल पुलिसकी शान्तिकला तामाङ उत्कृष्ट डिफेन्डर घोषित भइन्। नेपाल पुलिसका नितेष विष्ट उत्कृष्ट प्रशिक्षक भए। 

महिला र पुरुषतर्फको विधागतरुपमा चुनिएकाहरुले समान ५–५ हजार नगद प्राप्त गरे। गत माघ २७ गतेदेखि पोखरा रंगशालामा सुरु भएको प्रतियोगितामा महिला र पुरुषमा ४–४ टिमको सहभागिता थियो।

प्रकाशित: Feb 13, 2021| 14:50 शनिबार, फागुन १, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।