आइतबार, चैत १, २०८२

निसर्ग स्टार सिटी प्रेसिडेन्ट कपका लागि छनौट 

निसर्ग स्टार सिटी युवा क्लब सुदूरपश्चिम प्रदेश लिग च्याम्पियन बनेको छ। 
 |  शनिबार, फागुन १, २०७७

नेपाल समय

नेपाल समय

शनिबार, फागुन १, २०७७

धनगढी- निसर्ग स्टार सिटी युवा क्लब सुदूरपश्चिम प्रदेश लिग च्याम्पियन बनेको छ। 

National life

अखिल नेपाल फुटबल संघ एन्फाको कार्यक्रमअन्तर्गत सुदूरपश्चिम प्रदेश फुटबल संघको आयोजनामा कैलाली र कञ्चनपुरका जिल्ला च्याम्पीयन टोलीबीच प्रदेश लिगको विजेता खेलमा महेन्द्रनगरको दीपज्योति क्लबमाथि ५–३ को जितसहित स्टार सिटी च्याम्पियन भएको हो। 

दुवै खेलमा जित हात पार्दै प्रेसिडेन्ट कपका लागि स्टार सिटी युवा क्लब सुदूरपश्चिमबाट छनोट भएको छ। 

धनगढीको जुगेडास्थित मनकामना युवा क्लबको खेल मैदानमा भएको दोस्रो खेलमा निसर्ग स्टार सिटीले दीपज्योतिलाई २–१ को अन्तरले हराएको हो। पहिलो हाफ गोलरहित भएको खेलमा तीन वटै गोल दोस्रो हाफमा भएको हो। दोस्रो हाफको ४८ औं मिनेटमा स्टार सिटीका कप्तान कुवेर सिंहले गोल गर्दै आफ्नो टीमलाई अग्रता दिलाए। 

त्यसको ५ मिनेटपछि ५३ औं मिनेटमा स्टार सिटीका दिवस बोहोराले गोल गर्दै अग्रता दोब्बर पारे। ५७ औं मिनेटमा दीपज्योतिका लागि धिरेन्द्र शाहले एक गोल फर्काए। त्यसपछि खेलमा कुनै गोल हुन नसकेपछि खेल स्टार सिटीले २–१ ले जित्यो। 

Laxmi sunrise bank
kumari

यसअघि गत बिहीबार महेन्द्रनगरमा भएको खेलमा पनि स्टार सिटी ३–२ ले विजयी भएको थियो। सुदूरपश्चिम फुटबल संघका अध्यक्ष दिनेश श्रेष्ठको अध्यक्षतामा भएको लिगका विजयी खेलाडीहरुलाई धनगढीका नगर प्रमुख नृपबहादुर ओडले पुरस्कार वितरण गरे।

प्रतियोगिताका उत्कृष्ट गोलरक्षक दीपज्योतिका आकाश बुढा भए। उत्कृष्ट डिफेन्डर दीपज्योतिका अर्जुन विष्ट भए। प्रतियोगिताको उत्कृष्ट खेलाडी निसर्ग स्टार सिटीका विवेश सन्जेल भए।

समग्रमा ५–३ को जित निकालेको स्टार सिटीले अब सातवटै प्रदेशका च्याम्पीयनहरु बीचमा प्रतिस्पर्धा हुनेछ। त्यसमा उत्कृष्ट चारमा पर्न सफल भएका चार प्रदेशहरुले राष्ट्रिय लिगमा सहभागिता जनाउनेछन्। सहिद स्मारण ए डिभिजन लिगका उत्कृष्ट ६ र प्रेसिडेन्डट कपका उत्कृष्ट चार गरी १० क्लबले राष्ट्रिय लिगमा सहभागिता जनाउने एन्फाले जनाएको छ। 

सो प्रतियोगितामा धनगढी उप–महानगरपलिकाले दुई लाख सहयोग गरेको धनगढी उप–महानगरपालिकाका नगर प्रमुख ओडले बताए।

प्रकाशित: Feb 13, 2021| 14:38 शनिबार, फागुन १, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।