आइतबार, चैत १, २०८२

अमन र मार्ते टेनिस च्याम्पियन

भारतका अमन दहिया र बेल्जियमकी मार्ते लाम्ब्रेचले आईटीएफ वल्र्ड टेनिस टुर– जे ५ अन्तर्गत दोश्रो सर्किटको सिंगल्स उपाधि जितेका छन्।
 |  शनिबार, फागुन १, २०७७

नेपाल समय

नेपाल समय

शनिबार, फागुन १, २०७७

काठमाडौं- भारतका अमन दहिया र बेल्जियमकी मार्ते लाम्ब्रेचले आईटीएफ वल्र्ड टेनिस टुर– जे ५ अन्तर्गत दोश्रो सर्किटको सिंगल्स उपाधि जितेका छन्।

National life

शनिबार भएको फाइनलमा दुवैले आफ्नै राष्ट्रका खेलाडीलाई हराएउँदै च्याम्पियन बनेका हुन्। सातदोबाटोस्थित टेनिस कोर्टमा भएको पुरुष फाइनलमा अमनले निशान्त दबसलाई ६–२ र ६–४ को सोझो पराजित गरे।

महिला सिंगल्सको उपाधि भिडन्तमा मार्तेले रोमाने लन्ग्युभिल्लेलाई ६–३, ६–७ (४) र ६–२ को सेटमा हराइन्। अमन र मार्ते सर्किट १ को सिंगल्स विजेता पनि हुन्।

यसअघि डबल्सको पुरुषमा भारतका अनग्रह गांगुली र करण सिंह तथा महिलामा अमेरिकाकी रुतुजा छप्हल्कर र रुदया शाहको जोडी विजेता बनेका थिए।

विजेतालाई युवा तथा खेलकुद मन्त्री दावा तामाङ, नेपाल टेनिस संघकी अध्यक्ष ज्योति राणा र महासचिव मनोहरदास मुलले एक कार्यक्रमबीच पुरस्कृत गरे।

Laxmi sunrise bank
kumari

प्रतियोगितामा नेपालसहित भारत, क्यानाडा, स्पेन, फ्रान्स, फिन्ल्यान्ड, अमेरिका, बेल्जियम, जर्मनी र उज्वेकिस्तान गरी १० राष्ट्र सहभागी थिए।

पुरुष/महिलामा समान ३२–३२ खेलाडीले सिंगल्स र डबल्स स्पर्धामा प्रतिस्पर्धा गरेका थिए। नेपालबाट १२ पुरुष र १४ महिला खेलाडीले भाग लिएका थिए।

सर्किट १ को महिला डबल्समा नेपालकी अभिलाषा विष्टले जर्मनीकी सोन्जोसंग मिलेर उपाधि जितेकी थिइन्। 
सोही सर्किटको पुरुष डबल्समा नेपालका आरभसम्राट हाडा र अकी जुवेन रावतको जोडी उपविजेता बनेको थियो। यो नै समग्रमा प्रतियोगितामा नेपाली खेलाडीले हासिल गरेको ठूलो उपलब्धी हो।

पुरस्कार वितरण कार्यक्रममा सन् २०२० मा फिलिपिन्सको मनिलामा जनवरीमा भएको २०२० आईटीएफ एसिया १४ एन्ड अन्डर डेभलोप्मेन्ट च्याम्पियनसिपको पुरुष/महिला टिम स्पर्धामा च्याम्पियन बनेका नेपाली खेलाडीलाई ट्रफी पनि हस्तान्तरण गरिएको थियो।

उक्त प्रतियोगिताका नेपाली प्रशिक्षक छेवाङ लामाले नेपाल टेनिस संघलाई हस्तान्तरण गरेको ट्रफी संघले खेलाडीलाई प्रदान गरेको हो। पुरुषमा आरभ र अकी तथा महिलामा इभा अधिकारी र शुभाङ्गीलक्ष्मी शाह पहिलो भएका थिए। 

प्रकाशित: Feb 13, 2021| 12:50 शनिबार, फागुन १, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।