आइतबार, चैत १, २०८२

दुई वर्षपछि विराट गोल्डकप, आगामी चैतमा गरिने

विराट गोल्डकप आगामी चैतमा हुने निश्चित भएको छ। २०७४ चैतमा दिवा–रात्री प्रतियोगितापछि गोल्डकप आयोजना हुन सकेको थिएन। गत वर्ष कोरोनाका कारण प्रतियोगिता हुन सकेको थिएन।
 |  शनिबार, फागुन १, २०७७

नेपाल समय

नेपाल समय

शनिबार, फागुन १, २०७७

विराटनगर- विराट गोल्डकप आगामी चैतमा हुने निश्चित भएको छ। २०७४ चैतमा दिवा–रात्री प्रतियोगितापछि गोल्डकप आयोजना हुन सकेको थिएन। गत वर्ष कोरोनाका कारण प्रतियोगिता हुन सकेको थिएन। 

National life

दुई वर्षदेखि गोल्डकप रोकिएपछि विराट गोल्डकप फुटबल ट्रष्टलाई प्रदेश सरकार र विराटनगर महानगरपालिकाले दबाब दिएका थिए। महानगरपालिकाले ट्रष्टले प्रतियोगिता आयोजना गर्न नसक्ने भए महानगरले गर्ने बताएको थियो।

प्रदेश सरकारले रात्रीकालीन प्रतियोगिता सञ्चालनका लागि फ्लड लाईटको पनि प्रबन्ध गरिसकेकाले गोल्डकप आयोजनाका लागि दबाब दिएको थियो। ट्रष्टका पदाधिकारीले गोल्डकप आयोजनाबारे प्रदेश १ का सामाजिक विकासमन्त्री हिक्मतकुमार कार्की र विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीसँग छलफल गरेको थियो। मन्त्री कार्की र महानगर प्रमुख पराजुलीले आयोजकलाई आवश्यक सहयोग गर्ने आश्वासन दिएका थिए। 

ट्रष्टको शनिबारको बैठकले गोल्डकप आगामी चैत २५ गतेदेखि शुरु गर्ने निर्णय गरेको छ। उसले गोल्डकप प्रतियोगिता आयोजक समितिको संयोजकको जिम्मेवारी मनोज विक्रम साहलाई दिएको छ। २०७८ बैशाख ४ गते सम्पन्न हुनेगरी प्रतियोगिताको मिति तय गरिएको विराट गोल्डकप फुटबल ट्रष्टका सहकोषाध्यक्ष अनुज बानियाँले जानकारी दिए। उनका अनुसार प्रतियोगितामा सहभागी टिम तथा पुरस्कार राशीबारे चाडै निर्णय गरिनेछ। कोरोना संक्रमणका कारण

प्रतियोगितामा सम्भवत नेपालका मात्रै टिमको सहभागिता हुने बानियाँले बताए। उनले सहिद मैदानमा जडान गरिएको फ्लड लाईटको यसै साता उद्घाटन गरिने बताए। मुख्यमन्त्री शेरधन राईसँग आइतबार ट्रष्टका पदाधिकारी, आयोजक समितिको बैठक बसेर उद्घाटनको मिति तय गरिने छ। उद्घाटनका अवसरमा मैत्रीपूर्ण खेल हुने बानियाँले बताए। 

Laxmi sunrise bank
kumari

विराट गोल्डकपको इतिहास

विराट गोल्डकप नेपाली फुटबल प्रतियोगिताहरु मध्येको सर्वाधिक ठूलो र चर्चित फुटबल प्रतियोगिता हो। विराट गोल्डकप महेन्द्र गोल्डकपको नामबाट २०१८ सालदेखि शुरू भएको हो। नियमित रूपमा सञ्चालन भइरहेको गोल्डकप २०५७ सालदेखि अवरुद्ध हुनपुग्यो।

लामो समयदेखि हुन नसकेको गोल्ड कपको नाम फेरेर विराट गोल्ड कपको नाममा झण्डै ११ वर्षपछि पुनः २०६८ सालमा सुरु भएको थियो। आर्थिक अनियमितता बढेपछि २०७० सालमा हुन नसकेको गोल्डकप आयोजक फेरेर २०७१ सालदेखि पुनः सुरु भएको थियो। आन्तरिक कारणले २०७३ मा भने प्रतियोगिता सञ्चालन गरिएको थिएन। 

निजी क्षेत्रको नेतृत्वमा प्रतियोगिता सफल

विराट गोल्डकप पछिल्लो समयमा निजी क्षेत्रले नेतृत्व लिएपछि सफल हुँदै आएको छ। लामो समयदेखि अवरुद्ध गोल्डकप २०६८ सालमा सुरु गर्दा यसको नेतृत्व भीम कुँवरले गरेका थिए। गोल्डकपको हिसाब पारदर्शी नभएको आरोप लगाइएको थियो। जसका कारण कुँवरको नेतृत्वले थप प्रतियोगिता गर्न सकेन।

कुँवर नेतृत्वका पदाधिकारीले राजीनामा दिएका थिए। कुँवरपछि उद्योगी राजेन्द्र राउत र नविन रिजालले प्रतियोगिताको नेतृत्व लिए। दुवै जनाले सफल आयोजना गरे। रिजालको समयमा रात्रीकालीन प्रतियोगिताको सुरुवात गरिएको थियो। रिजालपछि ट्रष्टले युवा उद्यमी मनोज विक्रम साहलाई आयोजक समितिको संयोजकको जिम्मेवारी दिएको हो। 

प्रकाशित: Feb 13, 2021| 11:56 शनिबार, फागुन १, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।