शुक्रबार, भदौ १९, २०८३
  • गृहपृष्ठ
  • समाज
  • शंकर पोखरेलको भविष्यवाणी, ‘रोल्पा र रुकुममा हामीले चुनाव जित्दैछौँ’

शंकर पोखरेलको भविष्यवाणी, ‘रोल्पा र रुकुममा हामीले चुनाव जित्दैछौँ’

प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आगामी चुनाव रोल्पा र रुकुममा केपी ओली नेतृत्वको नेकपाले जित्ने भविष्यवाणी गरेका छन्।
 |  शनिबार, फागुन १, २०७७

नेपाल समय

नेपाल समय

शनिबार, फागुन १, २०७७

लुम्बिनी- प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आगामी चुनाव रोल्पा र रुकुममा केपी ओली नेतृत्वको नेकपाले जित्ने भविष्यवाणी गरेका छन्।

बुटवलमा आयोजित जनसभालाई सम्बोधन गर्दै नेकपा ओली समूहका स्थायी कमिटी सदस्यसमेत रहेका पोखरेलले यसअघि तत्कालीन माओवादीले चुनाव जित्ने गरेको क्षेत्रमा अब ओली नेतृत्वको नेकपाले चुनाव जित्ने दाबी गरे।

उनले भने, ‘आज म तपाईँहरुलाई एउटा खुसीको खबर सुनाउन चाहन्छु, यसअघि प्रचण्ड नेतृत्वको माओवादीले चुनाव जित्ने गरेको रुकुम रोल्पामा अब ओली कमरेडको नेतृत्वमा हामीले चुनाव जित्दैछौँ।’

उनले आउने चुनावमा लुम्बिनी प्रदेशमा आगामी चुनाव ओली नेतृत्वको पार्टीले नै चुनाव जित्ने र अरु पार्टीलाई आफूहरुले आजै शिलान्याश गरेको केबलकारबाट हेर्नुपर्ने अवस्था आउने जिकिर गरे।

उनले ओली नेतृत्वको नेकपा नै आधिकारिक हुने बताए। उनले प्रथम अध्यक्ष केपी ओली र महासचिव विष्णु पौडेल जहाँ छन् त्यही नै आधिकारिक हुने बताए।

प्रकाशित: Feb 13, 2021| 09:31 शनिबार, फागुन १, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।