शुक्रबार, भदौ १९, २०८३
  • गृहपृष्ठ
  • समाज
  • प्रदेश २ : फागुनभित्रै प्रदेश परिवहन सेवा सञ्चालनमा आउने

प्रदेश २ : फागुनभित्रै प्रदेश परिवहन सेवा सञ्चालनमा आउने

प्रदेश २ का भौतिक पूर्वाधार विकासमन्त्री जितेन्द्र सोनलले प्रदेश परिवहन सेवा फागुनभित्रै सञ्चालनमा आउने दाबी गरेका छन्।
 |  शनिबार, फागुन १, २०७७

नेपाल समय

नेपाल समय

शनिबार, फागुन १, २०७७

जनकपुरधाम – प्रदेश २ का भौतिक पूर्वाधार विकासमन्त्री जितेन्द्र सोनलले प्रदेश परिवहन सेवा फागुनभित्रै सञ्चालनमा आउने दाबी गरेका छन्।

मन्त्रालयले प्रदेश परिवहन सेवाका लागि बस खरिद गरेर त्यत्तिकै महिनौंदेखि थन्काएको भन्दै आलोचना हुन थालेपछि मन्त्री सोनलले यही महिनाभित्रै बस सेवा सञ्चालनमा आउने जानकारी दिएका हुन्। 

जनतालाई सरल तथा सुलभ यातायात सेवा प्रदान गर्ने उद्देश्यले प्रदेश २ को भौतिक पूर्वाधार विकास मन्त्रालयले दीपावलीको अवसर पारेर पाँचवटा बस खरिद गरेको थियो।

यद्यपि कार्यविधि अभाव तथा भुक्तानी हुन नसकेका कारण त्यत्तिकै थन्काएर राखिएको थियो। पाँचवटै बसको भुक्तानी गत पुस महिनामै भइसकेकाले कार्यविधि निर्माणको कार्य सम्पन्न भएलगत्तै बस सेवा सञ्चालनमा आउने मन्त्री सोनलको भनाइ छ। 

‘कार्यविधि निर्माण कार्य अन्तिम चरणमा छ, बस चाँडै सञ्चालनमा आउँछ,’ उनले भने। 

मन्त्रालयले पाँचवटै बस भ्याटसहित तीन करोड ९ लाख ८२ हजार रूपैयाँमा खरिद गरेको हो। 

मन्त्री सोनलका अनुसार बस सेवा सञ्चालनका लागि एउटा सञ्चालक समिति गठन गरिने छ। 

उनले भने,  ‘यो प्रदेश परिवहन सेवा सञ्चालनमा आएपछि सार्वजनिक यातायातभन्दा सरल, सुलभ, सुरक्षित र व्यवस्थित हुनेछ।’

प्रदेश परिवहन सेवा सञ्चालन भएपछि यसले प्रदेशको आठवटै जिल्लाका सदरमुकामलाई जोड्ने गरी सेवा प्रदान गर्नेछ। 

५० सिट क्षमता भएको सो बसमा सीसीटीभी क्यामेरा, स्वचालित ढोका र वाइफाईको सुविधासमेत छ।

प्रकाशित: Feb 13, 2021| 07:55 शनिबार, फागुन १, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।