शुक्रबार, भदौ १९, २०८३

परीक्षा अमर्यादित बनाउने शिक्षक कारागार चलान

 ११ कक्षाकी छात्रालाई  होटलमा लगेर परीक्षा दिलाएको र जबरजस्तीको आरोप लागेका पोखराका एक जना शिक्षक कारागार चलान भएका छन्। 
 |  शनिबार, फागुन १, २०७७

नेपाल समय

नेपाल समय

शनिबार, फागुन १, २०७७

पोखरा- ११ कक्षाकी छात्रालाई  होटलमा लगेर परीक्षा दिलाएको र जबरजस्तीको आरोप लागेका पोखराका एक जना शिक्षक कारागार चलान भएका छन्। 

जिल्ला अदालत कास्कीका न्यायाधीश श्रीकृष्ण अधिकारीको इजलासले गरेको आदेश अनुसार शिक्षक शिरिषकुमार बस्ताकोटी पुर्पक्षका लागि जेल चलान भएका हुन्। 

अमर्यादित परीक्षा चलाएको आरोप लागेका अरु तीन जना शिक्षक धरौटीमा छुटेको अदालतका सूचना अधिकारी नील पनेरुले बताए। 

घटना विवरण अनुसार कक्षा ११ की छात्रालाई ऐच्छिक अंग्रेजी विषयको परीक्षा लिन शिक्षक बस्ताकोटीले मंसिर १२ गते रुपाताल  पुर्‍याएका थिए। जबकि स्कुल पोखरा १ को टुँडिखेलमा छ। 

होटलको कोठामा परीक्षा लिएर बियर र मासु खाएपछि छात्रामाथि जबरजस्तीको प्रयास गरेको आरोप शिक्षक बस्ताकोटीमाथि लागेको छ। 

अरु शिक्षकको मिलेमतोमा बस्ताकोटीले ती छात्रालाई मोटरसाइकलमा राखी रुपाताल पुर्‍याएका थिए। घटना भने २ महिनापछि मात्र बाहिरिएको थियो। 

विद्यालय व्यवस्थापन समितिले परीक्षा बोर्डमा दिएको उजुरीका आधारमा प्रहरीले शिक्षक बस्ताकोटीलाई पक्राउ गरी मुद्दा चलाएको हो।

बस्ताकोटीले विद्यालयका शिक्षक तथा सहायक केन्द्राध्यक्ष घनश्याम रेग्मीले ती छात्रालाई जसरी पनि पास गराइदिनुपर्ने भन्दै रेस्टुरेन्टमा लगेर परीक्षा दिने वातावरण बनाउन निर्देशन दिएपछि आफूले त्यसै अनुसार गरेको उनले बयान दिएका थिए।  

परीक्षा अमर्यादित बनाएको आरोप लागेका विद्यालयका प्रअ सूर्य तिवारी  अदालतको आदेशपछि ५० हजार र सहायक केन्द्राध्यक्ष ७५ हजार धरौटीमा छुटेका छन्। 

अदालतले परीक्षामा सहभागी छात्रासँग पनि ५० हजार धरौटी मागेको छ। 
 

प्रकाशित: Feb 13, 2021| 06:44 शनिबार, फागुन १, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।