शुक्रबार, भदौ १९, २०८३

कान्तिदेवी हत्या प्रकरण : दुईजना पक्राउ

बारा प्रहरीले कान्तिदेवी कुशवाहा हत्या प्रकरणमा संलग्न रहेको भन्दै दुईजनालाई पक्राउ गरेको छ।
 |  शनिबार, फागुन १, २०७७

नेपाल समय

नेपाल समय

शनिबार, फागुन १, २०७७

बारा – बारा प्रहरीले कान्तिदेवी कुशवाहा हत्या प्रकरणमा संलग्न रहेको भन्दै दुईजनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा महागढीमाई नगरपालिका–१, बरियारपुर (कचहरी टोल)का ४२ वर्षीय लालबाबुप्रसाद कुशवाहा र ४८ वर्षीया धनेश्वरीदेवी कुशवाहा रहेका छन्। 

महागढीमाई नगरपालिका–१, बरियारपुर (मठवा टोल)की ४८ वर्षीया कान्तिदेवी कुशवाहाको माघ २५ गते राति १० बजेतिर हत्या भएको थियो।

धनेश्वरीदेवी कान्तिदेवीकी छिमेकी हुन्। 

बारा प्रहरीका अनुसार अनुसन्धानका क्रममा ३२ जनालाई नियन्त्रणमा लिइएको थियो।

लालबाबु पहिलेदेखि आपराधिक घटनामा संलग्न भएको र धनेश्वरीदेवीको मृतकका परिवारसँग जग्गा तथा सम्पत्तिको पहिलेदेखिको विवाद र रिसईबी रहेको प्रहरीको भनाइ छ। 

बाराका प्रहरी प्रवक्ता डीएसपी गौतम मिश्रका अनुसार उनीहरूले हत्या गरेको स्वीकार गरेका छन्। 

पक्राउ परेका लालबाबु २०५९ देखि २०६१ सालसम्म तीनवटा डाँका मुद्दा, हातहतियार तथा खरखजाना र सार्वजनिक अपराध मुद्दामा सजाय भोगिसकेका व्यक्ति हुन्। 

प्रकाशित: Feb 13, 2021| 05:58 शनिबार, फागुन १, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।