शुक्रबार, भदौ १९, २०८३
  • गृहपृष्ठ
  • समाज
  • पौडेल भन्छन्  ः मुलुकलाई निरकुंशतातिर धकेल्न संसद् भंग गरिएको पुष्टि भयो  

पौडेल भन्छन्  ः मुलुकलाई निरकुंशतातिर धकेल्न संसद् भंग गरिएको पुष्टि भयो  

कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकलाई निरकुंशतातर्फ लैजानका लागि प्रतिनिधिसभा विघटन गरेको एकपछि अर्को गर्दै पुष्टी हुँदै गएको बताएका छन्। 
 |  शनिबार, फागुन १, २०७७

नेपाल समय

नेपाल समय

शनिबार, फागुन १, २०७७

काठमाडौं- कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकलाई निरकुंशतातर्फ लैजानका लागि प्रतिनिधिसभा विघटन गरेको एकपछि अर्को गर्दै पुष्टि हुँदै गएको बताएका छन्। 

कांग्रेसले ७७ वटै जिल्लामा आयोजना गर्न लागेको फागुन ३ गतेको प्रदर्शनमा सहभागी हुन आम नागरिकलाई भिडियो आपिल गर्दै पौडेलले सरकारका पछिल्ला काम कारवाहीले मुलुकलाई निरकुंशतातर्फ धकेल्ने निहीत उद्देश्यका साथ संसद् भंग भएको पुष्टि हुँदै गएको बताएका हुन। 

उनले भनेका छन्, ‘सरकार एकपछि अर्को गर्दै निरकुशंतातर्फ पाइला चाल्दै छ। प्रधानमन्त्री केपी ओलीले मुलुकलाई निरंकुशतातिर धकेल्नका लागि संसद् भंग गर्नु सामान्य विषय होइन। यसबाट मुलुकलाई जोगाउन, संविधान, लोकतन्त्र र समावेशीतालाई रक्षा गर्नका लागि आम लोकतन्त्रवादीहरुले शसक्त ढंगले प्रस्तुत हुनुपर्ने बेला आएको छ।’

पौडेलले भिडियो अपिलमा सम्पूर्ण लोकतन्त्रवादी नागरिकलाई नेपाली कांग्रेसले फागुन ३ गते ७७ वटै जिल्लामा आयोजना गरेको विरोधसभामा सहभागि हुन आह्वान गरेका छन्।

प्रकाशित: Feb 13, 2021| 04:48 शनिबार, फागुन १, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।