शुक्रबार, भदौ १९, २०८३

थाई राजदूत र प्रधानमन्त्री ओलीबीच भेटवार्ता

प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपालका लागि थाईल्याण्डका राजदूत भोषित भोरासाफले शिष्टाचार भेट गरेका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा आज उनले शिष्टाचार भेट गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। 
 |  शुक्रबार, माघ ३०, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, माघ ३०, २०७७

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपालका लागि थाईल्याण्डका राजदूत भोषित भोरासाफले शिष्टाचार भेट गरेका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा आज उनले शिष्टाचार भेट गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। 

भेटमा दुई मुलुकबीच लामो समयदेखि रही आएको मैत्रीपूर्ण सम्बन्धलाई नयाँ गतिका साथ अघि बढाउन विविध विषयमा वार्ता भएको छ। भेटमा प्रधानमन्त्रीले राजदूतको कार्यकालका लागि शुभेच्छा व्यक्त गर्दै यसै अवधिमा दुई देशबीच सम्बन्धका नयाँ आयामहरु पहिल्याउन सकिने विश्वास व्यक्त गरे। 

प्रधानमन्त्रीले दुई मुलुकबीच बौद्ध धर्ममार्फत जोडिएका सांस्कृतिक एवं जनस्तरको सम्बन्धलाई थप प्रगाढ बनाउन दुवैतर्फ रहेका बौद्ध तिर्थस्थलमा पर्यटक आवागमनलाई बढावा दिइनुपर्ने धारणा राखे। 

त्यस्तै दुई देशबीच कूटनीतिक सम्बन्ध ६२ वर्षअघि स्थापना भए पनि यी दुईको सम्बन्ध भने त्यसभन्दा धेरै लामो रहेको उल्लेख गरे।

सम्बन्धलाई थप उचाई दिन नयाँ सम्भावनाहरु पहिल्याउनु पर्ने धारणा प्रधानमन्त्रीको छ। भेटमा राजदूत भोरासाफले थाइल्याण्ड र नेपालको भैरहवा विमानस्थलबीच सिधा हवाई सम्बन्ध जोड्न सकिए नेपालमा थाई पर्यटकको आगमन बढाउन सकिने बिचार व्यक्त गरेका थिए।

प्रकाशित: Feb 12, 2021| 12:15 शुक्रबार, माघ ३०, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।